2026-06-18 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकहप्ता अघि मात्र भारतबाट घर आएका थिए त्रिशूलीमा बेपत्ता रोहित, खोजी गर्न गोताखोर परिचालन

काठमाडौँ | आज बिहान ११:३० बजेतिर नारायणगढ-मुग्लिङ सडकखण्डको चट्टाने भीर (दुई किलो) क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका रोहित रानाको खोजीकार्य जारी छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र गोताखोरहरूको टोली घटनास्थलमा खोजतलास गर्दैछन्। नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइक सडकको छेउको डिभाइडरमा ठोक्किँदा चालक रोहित राना करीब १५० मिटर तल त्रिशूली नदीमा बेपत्ता भएका थिए।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार राना उछिट्टिएर नदीमा पुगेका थिए। मोटरसाइकल सडकमा मात्रै रहिरहेको थियो। घटनास्थल नजिकै माछा मार्दै गरेका एक व्यक्तिले दुर्घटनाको बारेमा जानकारी दिएका थिए।

रोहित राना २७ वर्षका थिए र सडकबाट झरेपछि उनी त्रिशूली नदीमा पुगेको अनुमान गरिएको छ। दुर्घटनास्थलबाट कम्मरमा बोकिरहेको सानो ब्याग फेला परेको थियो, जसमा भएको कागजातको आधारमा उनका बारेमा जानकारी प्राप्त भएको थियो। लमजुङको सुन्दरबजार गाउँपालिका–३ चन्द्रेश्वरका राना भारतीय सेनामा कार्यरत गोर्खाली राइफल म्यान रहेका छन्।

उनको स्थायी ठेगाना चन्द्रेश्वर भए पनि उनका परिवार  हाल चितवनको भरतपुर महनगरपालिका–१ रामनगरमा बस्दै थिए। उनका आफन्तका अनुसार उनले आज बिहान खाना खाएर काठमाडौँ जानका लागि घरबाट निस्किएका थिए। चन्द्रेश्वर–३ का वडाध्यक्ष अमृत न्यौपानेले जानकारी दिएअनुसार, रोहितका बुवा अशोक पनि भारतीय सेनाको सेवानिवृत्त सैनिक हुन्, र उनका भाइ पनि भारतीय सेनामा कार्यरत छन्।

घटनाको जानकारी पाएपछि रोहितका बुवा अशोक र परिवारका अन्य सदस्य घटनास्थलमा पुगेका छन्। यता, रोहितका मामा विजय राना रोहित दाईको घर जान्छु भनेर घरबाट निस्किएको बताउँछन्। उनका अनुसार भारतमै कार्यरत रोहित एकहप्ता अघि मात्रै नेपाल आएका थिए। रोहित घरको जेठो छोरा रहेको र बिवाह नभएको उनले जानकारी दिए।

हाल सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरको टोली र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी अधिकारीहरूले खोजी कार्य जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु