नन्दराम जैशी/साउन ९, जुम्ला । आइतबार राति खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । 

राजमार्ग अवरुद्ध भएप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/साउन ९, जुम्ला । आइतबार राति खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । 

राजमार्ग अवरुद्ध भएप"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली राजमार्ग अबरुद्ध, हजारौँ यात्रु अलपत्र

९ श्रावण २०७४, सोमबार १२:५८


नन्दराम जैशी/साउन ९, जुम्ला । आइतबार राति खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । 

राजमार्ग अवरुद्ध भएपछि सयौँ यातायात व्यवसायी र हजारौ हजारौ यात्रुहरु अलपत्र परेका हुन् । अविरल वर्षाका कारण कर्णाली राजमार्ग अन्र्तगत दैलेखमा पर्ने दैखोला देखि घट्टेखोला सम्मको करिब १ सय २० मिटर सडक खण्डमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । 

पहिरोका कारण ५ सय बढि साना ठुला यातायातका साधन अवरोद्धमा परेक छन् । निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाका अनुसार अवरुद्ध सडक खुलाउनका सडक डिभिजन कार्यालय जुम्लालाई निर्देशन दिइएको छ । 

सडक खुलाउनका लागि नियमति काम गरेपनि करिब ४÷५ दिन लाग्न सक्ने अनुमान सडक डिभिजन कार्यालय जुम्लाले गरेको छ ।

 अवरुद्ध सडक खुलाउन काम शुरु

विगत दुई हप्ता दिनदेखि अवरुद्ध भएको जुम्ला नाग्म देखि मुगु गमगढी सडक संचालनका लागि सडक डिभिजन कार्यालय जुम्लाले काम थालेको छ । कार्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडक खण्डको विभिन्न स्थानमा गएको पहिरो र बर्षाको हिलोका कारण दुई हप्ता यता सडक खण्ड अवरुद्ध भएको छ । 


सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख अंगलाल रोकायाका अनुसार अवरुद्ध सडक खुलाउन विगत तिन दिनदेखि निरन्तर स्काभेटर खटाएर काम गर्न शुरु गरीएको छ । उहाले भन्नुभयो, सडक खुलाउन निरन्तर हाम्रा कर्मचारी फिल्डमा बसेर काम गरीरहेका छन् । काम रप्तारले गरेपनि बर्षाले सडक हिलो र पहिरो खस्दा समस्या भएको हो । सडकको पहिरो पन्छाउने र हिलो हटाउने काम जारी छ । 

जुम्ला सिंजा क्षेत्रमा सडकको ३ ठाँउमा पहिरो गएको अवगत गराउदै सवारी संचालनमा समस्या भएको रोकायाको भनाइ छ । त्यस्तै मुगुको ताल्चा विमानस्थल नजिक सडकमा हिलै हिलोका कारण सवारी संचालन हुन नसकेकोले हिलो हटाउन समस्या भएको उहाले बताउनुभयो । सडक खण्डको दर्जनौं ठाउँमा अवरुद्ध भएपछि मुगु जिल्ला सदरमुकाम गमगढी बजार लगाएतका अन्य बस्तीहरुमा दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धि हुन थालेको स्थानियको भनाइ छ । 

नाग्म गमगढी सडक खण्डको ९० किलोमिटर कच्ची साघुरो सडक अवरुद्ध भएपछि साना तथा ठूला मालबाहक गाडि तथा अन्य सवारी साधनहरु बस र जिपहरु ठाँउ ठाउमा रोकिएका छन् । 

लगातार बर्षातले सडक अवरुद्ध हुँदा स्थानियलाइ आवत जावतमा समस्या भएको छ । भने आपत्कालिन बिरामीहरुलाई समेत उपचारका लागि बाहिर लैजान असहज भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य