प्रेम सुनार/साउन ९, गुल्मी । आज विहान करिव साढे ९  वजे तिर बाग्लुङ्गको ग्वालीचौरमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका ४ जना मध्ये एक जना ३७ बर्षीय हुम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/साउन ९, गुल्मी । आज विहान करिव साढे ९  वजे तिर बाग्लुङ्गको ग्वालीचौरमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका ४ जना मध्ये एक जना ३७ बर्षीय हुम"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाग्लुङ जीप दुर्घटना: ‘सन्तानको वावु बन्ने धोको अधुरै पारी दियो’

९ श्रावण २०७४, सोमबार १६:४६


प्रेम सुनार/साउन ९, गुल्मी । आज विहान करिव साढे ९  वजे तिर बाग्लुङ्गको ग्वालीचौरमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका ४ जना मध्ये एक जना ३७ बर्षीय हुमेन काउछाको सन्तानको वावु बन्ने धोको त्यस दुर्घटनाले अधुरै पारी दिएको छ । 

करिव ८ वर्ष अघि मिना काउछा संग विवाह बन्धनमा बाँधिएका काउछाको हाल सम्म सन्तान नभए पछि श्रीमति र आफ्नो प्रजनन्न स्वाथ्यबारे डाक्टर देखि धामी झाक्री सम्म धाउँदै आएका थिए । 

 गत वर्ष मात्रै जिल्ला विकास समिति वाग्लुङ्गबाट करारमा शव ईन्जिनियर नियुक्ती पाई बढिघाट गाउँपालिकाका साविकका गाविसमा सर्वे डिजाईनिङ्ग गर्दै आएको काउछा त्यस भेगका प्रिय व्यक्ति थिए । जलजलाको झुलेडाँडामा रेमिटेन्स व्यवसाय समेत सञ्चालन गर्दै आएका काउछा आज रेमिटेन्सकै कारोवारको शिलशिलामा वामीटकसरको शाईन रेसुङ्गा र ग्लोवल आईएमई बैंकमा जाँदै थिए । 

अत्यन्तै मिलनसार स्वभावका काउछाको निधनले आफुहरु बोल्न सक्ने अवस्थामा नरहेको स्थानियले बताए । ३२ वर्षिय उनकी श्रमति मिना सहित घर र छिमेकमा सन्नाटा छाएको र अन्य मृतकका परिवार हुँदै बढिघाट गाउँपालिका प्रमुख मेयरसिंह पाईजा पनि त्यस घरमा पुगेर सहानुभुति प्रकट गरी रहेका छन् । 

बढिघाट गाउँपालिका वडा नम्वर ४ साविकको जलजला गाविसका काउछा सहित दुर्घटनामा वडा नं। ८ सिमाकका अन्दाजी ६० वर्षका मुक्त पाइजा, वडा नं। ८ रणसिंह का अन्दाजी ३६ वर्षका नर वहादुर शेर्वुजा, र जीप चालक बडीगाड ४ जलजलाका अन्दाजी ३५ वर्षका तुल वहादुर पुनको घटना स्थल  मृत्यु भएको थियो । 

। रणसिंहको घोरघोरे हुँदै जलजलाको वाटो खर्वाङ आउँदै गरेको सो पिकअप बादिपमा दुर्घटना भएको थियो।

एकै परिवारका तिन जना घम्भीर घाईते 

यसै विच सोही दुर्घटनामा एकै परिावारका तिन आमा र छोरी परेर गम्भीर घाईते भई  काठमाण्डौंको अस्पतालमा भर्ना भएका छन् । २६ वर्षिया वालमति पाईजा, १० वर्षिय उनका छोरा दिनेश र ६ वर्षिया छोरी दिपशिखा गम्भीर घाईते भएकी हुन् ।

आज विहान करिव साढे छ वजे रनसिङ्गे घरबाट छोरालाई ग्वालीचौर स्कुलमा ल्याए हिडेकी श्रीमतिको दुर्घटनामा परेको खवर आफुले विहान साढे ९ वजेतिर पाएको उनका श्रीमान गोविन्द पाईजाले बताए ।

अहिले काठमाण्डौंको विर अस्पतालमा उपचार गराई रहेका उनिहरु मध्ये छोरीको अवस्था अलि गम्भीर रहेको श्रीमान काउछाले बताए । ६ जना घाईते मध्ये टेकबहादुर पाईजा र भिमबहादुर सेर्वुजाको अवस्था घम्भीर रहेको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित