प्रेम सुनार/साउन ९, गुल्मी । आज विहान करिव साढे ९  वजे तिर बाग्लुङ्गको ग्वालीचौरमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका ४ जना मध्ये एक जना ३७ बर्षीय हुम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/साउन ९, गुल्मी । आज विहान करिव साढे ९  वजे तिर बाग्लुङ्गको ग्वालीचौरमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका ४ जना मध्ये एक जना ३७ बर्षीय हुम"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाग्लुङ जीप दुर्घटना: ‘सन्तानको वावु बन्ने धोको अधुरै पारी दियो’

२०७४, ९ श्रावण सोमबार १६:४६


प्रेम सुनार/साउन ९, गुल्मी । आज विहान करिव साढे ९  वजे तिर बाग्लुङ्गको ग्वालीचौरमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका ४ जना मध्ये एक जना ३७ बर्षीय हुमेन काउछाको सन्तानको वावु बन्ने धोको त्यस दुर्घटनाले अधुरै पारी दिएको छ । 

करिव ८ वर्ष अघि मिना काउछा संग विवाह बन्धनमा बाँधिएका काउछाको हाल सम्म सन्तान नभए पछि श्रीमति र आफ्नो प्रजनन्न स्वाथ्यबारे डाक्टर देखि धामी झाक्री सम्म धाउँदै आएका थिए । 

 गत वर्ष मात्रै जिल्ला विकास समिति वाग्लुङ्गबाट करारमा शव ईन्जिनियर नियुक्ती पाई बढिघाट गाउँपालिकाका साविकका गाविसमा सर्वे डिजाईनिङ्ग गर्दै आएको काउछा त्यस भेगका प्रिय व्यक्ति थिए । जलजलाको झुलेडाँडामा रेमिटेन्स व्यवसाय समेत सञ्चालन गर्दै आएका काउछा आज रेमिटेन्सकै कारोवारको शिलशिलामा वामीटकसरको शाईन रेसुङ्गा र ग्लोवल आईएमई बैंकमा जाँदै थिए । 

अत्यन्तै मिलनसार स्वभावका काउछाको निधनले आफुहरु बोल्न सक्ने अवस्थामा नरहेको स्थानियले बताए । ३२ वर्षिय उनकी श्रमति मिना सहित घर र छिमेकमा सन्नाटा छाएको र अन्य मृतकका परिवार हुँदै बढिघाट गाउँपालिका प्रमुख मेयरसिंह पाईजा पनि त्यस घरमा पुगेर सहानुभुति प्रकट गरी रहेका छन् । 

बढिघाट गाउँपालिका वडा नम्वर ४ साविकको जलजला गाविसका काउछा सहित दुर्घटनामा वडा नं। ८ सिमाकका अन्दाजी ६० वर्षका मुक्त पाइजा, वडा नं। ८ रणसिंह का अन्दाजी ३६ वर्षका नर वहादुर शेर्वुजा, र जीप चालक बडीगाड ४ जलजलाका अन्दाजी ३५ वर्षका तुल वहादुर पुनको घटना स्थल  मृत्यु भएको थियो । 

। रणसिंहको घोरघोरे हुँदै जलजलाको वाटो खर्वाङ आउँदै गरेको सो पिकअप बादिपमा दुर्घटना भएको थियो।

एकै परिवारका तिन जना घम्भीर घाईते 

यसै विच सोही दुर्घटनामा एकै परिावारका तिन आमा र छोरी परेर गम्भीर घाईते भई  काठमाण्डौंको अस्पतालमा भर्ना भएका छन् । २६ वर्षिया वालमति पाईजा, १० वर्षिय उनका छोरा दिनेश र ६ वर्षिया छोरी दिपशिखा गम्भीर घाईते भएकी हुन् ।

आज विहान करिव साढे छ वजे रनसिङ्गे घरबाट छोरालाई ग्वालीचौर स्कुलमा ल्याए हिडेकी श्रीमतिको दुर्घटनामा परेको खवर आफुले विहान साढे ९ वजेतिर पाएको उनका श्रीमान गोविन्द पाईजाले बताए ।

अहिले काठमाण्डौंको विर अस्पतालमा उपचार गराई रहेका उनिहरु मध्ये छोरीको अवस्था अलि गम्भीर रहेको श्रीमान काउछाले बताए । ६ जना घाईते मध्ये टेकबहादुर पाईजा र भिमबहादुर सेर्वुजाको अवस्था घम्भीर रहेको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह