Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हमासको नयाँ प्रस्तावले बढायो विपिन जोशी रिहा हुने आस

२०८१, ७ फाल्गुन बुधबार १८:१२

काठमाडौँ | प्यालेस्टाइनी विद्राेही समूह हमासले गाजामा युद्धविराम सम्झौताको दोस्रो चरणमा सबै बन्धक र कैदीहरूको एकै चरणमा (साटफेर) रिहाइको नयाँ प्रस्ताव गरेको छ । हमासले स्थायी युद्धविराम कायम गर्ने उद्देश्यका साथ इजरायलसँग यस्तो प्रस्ताव राखेको हो ।

हमासले पहिलो चरणमा रिहाइ हुनुपर्ने थप छ जना बन्धकहरूलाई शनिबार रिहा गर्ने जानकारी पनि दिएको छ । उनीहरू सबै इजरायली नागरिक रहेकाे बताइएको छ ।

यसैबीच, इजरायलका विदेशमन्त्री गिडेओन सारले दोस्रो चरणको वार्ता यसै हप्ताभित्रै सुरु हुने बताएका छन् ।

हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था भने अहिलेसम्म अज्ञात छ । उनी जीवित रहेको आशाका साथ नेपालले रिहाइका लागि कूटनीतिक पहल गरिरहेको छ । तर, रिहा हुने बन्धकहरूको सूचीमा उनी हालसम्म परेका छैनन् ।

सबै बन्धक र कैदी एकै चरणमा साटफेर गर्ने हमासको नयाँ प्रस्ताव इजरायलले स्वीकार गरेमा भने विपिन पनि रिहा हुने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश