2026-09-08 09:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केआइआइटीले प्रकृतिको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने

काठमाडौँ | भारतको ओडिसास्थित किट विश्वविद्यालयले नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति दिने बताएको छ । सोही विश्वविविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको केही दिनअघि होस्टलमै मृत्यु भएको थियो ।

घटनापछि किटले नेपालकी एक प्रतिभाशाली विद्यार्थी गुमाउन पुगेको भन्दै स्वर्गीय प्रकृतिको शोकसन्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । उनको असामयिक निधनले सबैलाई दुखित तुल्याएको किटको भनाइ छ ।

किटका प्राध्यापक अच्युत सामन्तले प्रकृतिका बुबा र काकासँग भेट समेत गरेका थिए । सो भेटपछि उनका बुबाको इच्छा अनुसार किटले प्रकृतिको नाममा नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति सुरु गर्ने बिहीबार सामाजिक सञ्जालमार्फत जनाएको छ । यो पहलले प्रकृति जस्ता धेरै प्रतिभाशाली विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्ने अवसर सुनिश्चित गर्ने किटको भनाइ छ ।

प्राध्यापक सामन्तले नेपाली दूतावासका काउन्सिलरहरूसँग पनि भेट गरेको र नेपालका गृहमन्त्री र परराष्ट्रमन्त्रीसँग पनि फोनमा कुराकानी गरेर घटनाबारे जानकारी गराएको किटले जनाएको छ । प्रकृति होस्टमै मृत फेला परेपछि विश्वविद्यालयमा आन्दोलन भएको थियो भने विद्यार्थीहरूलाई निकाल्ने काम समेत भएको थियो । सो घटनाको नेपालका साथै भारतमा समेत चर्को विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित