२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारी: श्रीमानको भर नभएपछि ‘डिभोर्स’ गरेर जिन्दगी चलाउँदै रोल्पाकी मनकुमारी

१० श्रावण २०७४, मंगलवार १०:४८


साउन १०, काठमाडौँ ।  रोल्पा तालावाङकी मनकुमारी भण्डारी लिवाङ सात्तालेमा खाजा पसल गर्नुहुन्छ । २०५४ सालमा गाउँकै चिनारु केटासँग विवाह गरेको भए पनि अहिले छोडपत्र गरी चार छोरीसँग बस्नुभएको छ । 

विवाहपछि सपरिवार भारत पसेका उनीहरु त्यहाँ कमाइ नभएपछि नेपाल फर्किए । भारत बस्दा श्रीमानले कमाइ गर्नुको साटो दिनहुँ रक्सी खाँदै बेपत्ता हुन थालेपछि नेपाल फर्किएको मनकुमारी बताउनुहुन्छ । 

नेपाल फर्किएपछि मनकुमारी बच्चा हुर्काउन थाल्नुभयो भने उहाँको श्रीमान् भने खाडी मुलुक गए । श्रीमानले विदेशमा कमाइ गरेर आएपछि सुखसयलसँग बस्ने दिन कुर्दै बसेकी मनकुमारीलाई लामो समय बित्दासमेत श्रीमानले पैसा पठाएनन् । 

विदेशबाट पैसा नपठाएपछि उनी सदरमुकाम लिवाङ आउनुभयो । एक–एक वर्षको फरकमा जन्मिएका चारवटी छोरी हुर्कंदै थिए । छोरीको स्याहारसुसार मात्र होइन, उनीहरुको पढाइ लेखाइमा समेत ध्यान दिनुपर्ने भयो उहाँलाई । 

लिवाङमा ज्याला मजदुरी गरेर भए पनि छोरी पाल्ने सोचमा पुगेकी मनकुमारीले एक वर्षसम्म मजदुरी गर्नुभयो । यही बीचमा दाङको घोराहीमा कोठा लिएर बस्न भन्दै श्रीमानले विदेशबाट फोन गरेपछि उहाँ दाङ पुग्नुभयो । 

दाङ बसाइका क्रममा समेत श्रीमानले पैसा पठाएनन् भने त्यहाँ ज्याला मजदुरीको काम पनि नपाएपछि अलपत्र पर्दै जानुभयो । दाङ बसाइकै क्रममा श्रीमान् पनि विदेशबाट आए । लामो समय विदेश बसेको भएपनि खाली हात फर्किएका उहाँका श्रीमानको दैनिकी जाँडरक्सी खानमै सीमित हुन थालेपछि आफन्तको सहयोगमा उहाँ रोल्पाको घर्तीगाउँ फर्कनुभयो । 

रोल्पाको घर्तीगाउँ पुगेर आफन्तको सहयोगमा खाजा पसल सुरु गर्नुभयो । मनकुमारीले दिनरात दुःख गरेर कमाएको पैसा लगेर श्रीमान् जुवातास खेल्ने तथा जाँडरक्सी खाने गर्न थाले । यस्तो गर्दै जाँदा श्रीमानले झण्डै १५ लाख रुपैयाँ ऋण लगाएका थिए । उहाँले श्रीमानले लगाएको ऋणसमेत तिर्दै जानुभयो । कमाइ गरेको पैसा उडाउने मात्र नभई दिनरात कुटपिट गर्ने क्रम बढ्दै जाँदा उहाँले सहेर बस्न नसक्ने निधोमा पुग्नुभयो । 

साना साना छोरीको अगाडि रुँदा बालमस्तिष्कमा नराम्रो असर पर्न सक्ने भएकाले छोरीहरुको अगाडि सधैँ खुसी भएको नक्कल गर्दै छोरीलाई खुवाइ सुताइ गरेपछि आफू भने रातभर रुने गरेको दुःखेसो पोख्नुभयो । 

श्रीमानको यस्तो व्यवहारबाट आजित भएकी मनकुमारीले अन्ततः श्रीमानसँग छोडपत्र गरी एक्लै बस्ने निर्णयमा पुगेर अदालतको ढोका ढकढक्याउन पुग्नुभयो । अदालतले पनि उहाँको पक्षमा सुनुवाइ गरेका कारण उहाँले दुई वर्ष पहिलेदेखि श्रीमानसँग छोडपत्र गर्नुभयो । 

श्रीमानसँगको छोडपत्रपछि कहाँ गएर के गर्ने भन्ने अन्योलमा रहेकी उहाँलाई महिला तथा बालबालिका कार्यालय, रोल्पा र अन्य महिला दिदीबहिनीलेसमेत सहयोग गरे । साना छोरीहरुलाई कहाँ बसाल्ने, के खुवाउने भन्ने चिन्ता भएका बेला महिला मानवअधिकार रक्षक सञ्जाल, महिला तथा बालबालिका कार्यालयलगायत निकायको आर्थिक सहयोग तथा परामर्शपछि आफू लिवाङमै बसेर आयआर्जनको काममा लाग्ने सोचमा पुगेको उहाँले बताउनुभयो । 

अहिले उहाँ सदरमुकाम लिवाङमा खाजा पसल गर्नुभएको छ । महिला तथा बालबालिका कार्यालय, रोल्पाले दिएको २० हजार रुपैयाँ सहयोगबाट खाजा पसल सुरु गरेकी उहाँले अहिले चारवटी छोरीको पढाइ लेखाइका साथै घरायसी व्यवहारसमेत चलाउँदै आउनुभएको छ । 

जेठी छोरी कक्षा १२ मा पढिरहेकी छिन् भने अरु छोरीको पढाइ पनि राम्रो रहेका कारण आफ्नो बुढेसकालको सहारा तिनै छोरी भएकाले छोरीको पढाइमा आफूले सक्दो लगानी गर्ने मनकुमारीले बताउनुभयो । 

खाजा पसल सञ्चालन गरिरहेकी उहाँले मासिक ६ हजार रुपैयाँ घरभाडा तिर्दै आउनुभएको छ । दैनिकी सजिलै चलाएकी उहाँले छोरीहरुलाई राम्रोसँग पढाउनुका साथै दैनिक बचत पनि गर्ने गरेको बताउनुभयो । 

देशमा रोजगारीको अवसर नहुँदा रोल्पाका अधिकांश पुरुष वैदेशिक रोजगारीमा रहेका छन् । वैदेशिक रोजगारीकै कारण पारिवारिक बेमेल र विखण्डनका घटनासमेत बढिरहेका छन् ।  -उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य