२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै वडा कार्यालयमा ललितपुर महानगरले चलायो डोजर

२०८१, १२ फाल्गुन सोमबार १३:५१

काठमाडौँ | ललितपुर महानगरपालिकाले डोजर प्रयोग गरेर महानगरपालिका–५ स्थित लगनखेलको ‘न्हुँ पुखु’को पूर्वपट्टीका टहराहरु भत्काउन थालेको छ। महानगरले न्हुँ पोखरी संरक्षण र पुनर्निमार्णका लागि वडा नम्बर ५ को वडा कार्यालयसहित अस्थायी तथा अनधिकृत संरचनामा सोमबार बिहान डोजर चलाएको हो।

महानगरप्रमुख चिरिबाबु महर्जनको उपस्थितिमा उक्त संरचनाहरू भत्काइएको हो। ललितपुरको लगनखेलस्थित जिल्ला अदालत अगाडि रहेको वडा कार्यालय र नजिकका १६ वटा सटर डोजर लगाएर भत्काएको छ। भवन र सटरहरु हटाएपछि ऐतिहासिक साँस्कृतिक सम्पदा न्हुँ पुखु अब सडकबाटै देखिन्छ।

महानगरले लगनखेलमा रहेको नमूना मच्छिन्द्र विद्यालयले अतिक्रमण गरेको भवनसमेत भत्काएर सप्तपाताल पोखरी निर्माण सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना