साउन ११, भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा–३ प्याउलीमा गत असार १२ गते बिहान मृत अवस्थामा भेटिएका तीन बालबालिकाको घटनाको अनुसन्धान ढिला भएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

स्थानियले अनुसन्धानको प्रक्रियामा ढिलाइ भएको भन्दै गत शनिबार चक्काजाम गरेका थिए भने मंगलबार अरुण गाउँपालिकाभित्रका सबै कार्यालय ठप्प बनाएका हुन् ।

पीडित परिवारलाई क्षतिपूर्ति, दोषीलाई तत्काल पक्राउ गरी कारबाहीलगायतका मागसहित स्थानीय आन्दोलनमा उत्रिएको संघर्ष समितिका सदस्य इन्द्र फुँयालले बताउनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय भोजपुरले घटनाको विषयमा तीव्ररुपमै अनुसन्धान गरिरहेको जनाएको छ । स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित सापकोटा र चेतनाथ फुँयालका १३ वर्षीया छोरी सुष्मा फुँयाल तथा ८ वर्षीय छोरा प्रदीप फँुयाल म¥याङडाँडाको पोखरीमा मृतावस्थामा भेटिएका थिए । रासस

July 26, 2017
काठमाडौँ - KTM, भोजपुर - BJP, समाज
तीन बालबालिका मृत्यु प्रकरण: अनुसन्धान ढिला भएको भन्दै स्थानीय आन्दोलित
By kit
2 मिनेट पढाइ