२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार शिक्षकका शुन्य विद्यार्थी, तलवका लागि मात्र हाँजिरी

२०७४, ११ श्रावण बुधबार १०:१३

प्रेम सुनार/साउन ११, गुल्मी । हेलो सर, त्यस विद्यालयमा त एक जना पनि विद्यार्थी छैनन रे’ नि ? उताबाट जवाफ आउँछ–एकदम हो  सर,  विद्यार्थी त जिरो नै छन् । शिक्षक चाँही कति हुनुहुन्छ नि  ? उनको जबाफ आउँछ  तिन जना अस्थाई र एक जना निजी श्रोत सहित चार जना छौं ।

त्यो सो भए त काम केहि छैन हैं ? भन्ने तेश्रो प्रश्नमा उनले भने–‘ सधै दश वजे विद्यालय पुगेर आ–आफ्नो हाँजिर गरेकै हुन्छौं क्यारे, विद्यार्थी एक जना पनि नभए पछि बस्ने कुरै भएन , हाँजिर गरे पछि घर फर्किन्छौं । यस्तो जे छ त्यही  जवाफ दिने  व्यक्ति हुन् वाग्लुङ्गको गल्कोट नगरपालिका वडा नम्वर ५ हरिचौर स्थित शिद्ध प्राविका  प्रधानध्यापक हिमबहादुर खत्री ।

यस वर्षको पहिलो शैक्षिक सत्रमा ११ जना विद्यार्थी भर्ना भए पनि उनिहरु मध्ये एक जना पनि विद्यालय आउन नसके पछि त्यहाँका चार जना शिक्षकहरुलाई हाँजिर गर्न आउनु र जानुको शासना मात्रै भएको प्रधानध्यापक खत्रीले बताए । प्रति शिक्षक मासिक कति सम्म तलव आउँछ सर ? भन्ने चौथो प्रश्नमा उनले भने–‘ महिनाको २७ देखि २८ हजार सम्म हामी स्थाईले तलव खान्छौं भने निजी श्रोतकी शिक्षिकाले मासिक ५ हजार खानु हुन्छ । यस हिसालले विना काम तिन शिक्षकले कम्तीमा पनि मासिक ८०  हजार तलव  घरै बसेर  खाएका छन् ।  

अघिल्लो वर्षमा नै जम्मा २२ जना विद्यर्थी भर्ना हुँदा जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति र विद्यालय निरीक्षकहरुले कस्तो निरक्षण गरेर जिल्ला शिक्षा कार्यालयमा प्रतिवेन गरे ? प्रश्न यस्तो  उव्जीएको छ । यसै वर्ष झन जम्मा ११ जना मात्रै विद्यार्थी भर्ना भए । अहिले झन के हेरियो ? २०४१ सालमा स्थापना भए देखि त्यस विद्यालयमा प्रावि तहमा  हुनु पर्ने न्युनतम विद्यार्थीको संख्या हरेक वर्ष पुगेको छैन् । 

२०५९ सालमा भने त्यस विद्यालयकै ईतिहाँसमा सवै भन्दा बढि  ३५ जना विद्यार्थीहरुको संख्या पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर थापाले बताए । त्यसो त अध्यक्ष थापाले नै आफ्नी छा्ेरीलाई त्यस विद्यालयको साटो अर्कै विद्यालयमा पढाएका छन् । विद्यालय भेलामा शिक्षकहरूले घरदैलो अभियान गर्ने र विद्यार्थी संख्या बढाउने विषयमा छलफल भएको  तर, घरदैलो गर्न शिक्षकहरूले नमानेको अध्यक्ष थापाको आरोप छ । 

प्रध्यानाध्यापक हिमबहादुर खत्रीले आफूहरूले व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघलगायतको निर्णयअनुसार काम गरे पनि विद्यार्थी नआएको बताए । ‘मैलै विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार घरदैलो अभियान अगाडि बढाउन भनेँ तर अध्यक्षज्यूले आफ्ना बालबच्चा समेत अर्को विद्यालयमा भर्ना गरिसक्नुभएछ,’ , ‘जिम्मेवार व्यक्तिले समेत यस्तो गरेपछि कसरी विद्यार्थी बढाउने ? उनले विद्यार्थी घटन्को मुख्य कारण बसाई सराई र साविकको एउटै गाविस हरिचौरमा तिन वटा बोर्डिङ्ग सञ्चालन हुनु रहेको बताए । 

विद्यार्थी शुन्यमा झरे लगत्तै आफुले जानकारी गराएको र  ‘स्रोतव्यक्ति बमबहादुर थापाले विद्यालय जाऊ र हाजिर गर भन्ने निर्देशनका आधारमा प्रत्येक दिन हाजिर हुनकै लागि विद्यालय जाने गरेका प्रधानध्यापक खत्रीको भनाई छ ।   

शिक्षा कार्यालयले विद्यालयलाई तत्काल शिक्षक अभिभावक संघ भेला गर्न आग्रह गरेको जनाएको छ । विद्यार्थी भर्ना गरिदिन अभिभावहरू र  जनप्रतिनिधिसँग अनुरोध गरेको जिशिअ विष्णुप्रसाद मिश्रले बताए । प्रधानध्यापक खत्रीले हिजो जिल्ला शिक्षा कार्यालयको भेला राख्न ताकेताको निर्देशन गरे लगत्तै भोलीको गाउँ भेलाका लागि  आज झरीमा रुझ्दै घर घरमा पत्र बाँड्दै  हिडिरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह