९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोशीमा बेपत्ता किशोर भारतमा मृत फेला

१२ श्रावण २०७४, बिहीबार ०६:२६

साउन १२, राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीबाट बेपत्ता भएका एक किशोर बुधबार भारतको कमलपुरमा मृत फेला परेका छन् । 

सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–१४ बस्ने दिनेश मण्डलका १६ वर्षीय छोरा ललन मण्डल भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको कमलपुर भने ठाउँस्थित कोशी नदीको छेउमा मृत अवस्थामा फेला परेको सप्तरीको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए । 

बेपत्ता भए लगत्तै उनलाई इलाका प्रहरी कार्यालय हनुमाननगर र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोली तथा हनुमाननगर कंकालनी नगरपालिकाका कर्मचारीले नदीमा डुंगामा चढेर विभिन्न ठाउँमा खोजी गरेपछि फेला पारिएको हो । 

दुई/तीन दिन अगाडि घर नजिकैको कोसी नदीमा माछा मार्न गएका ललनलाई नदीले बगाएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे