2026-09-19 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

“समाप्त र अलक्षिना” भन्दै फेसबुकमा स्टाटस लेखेर एक युवाले गरे आत्महत्या

अजयकुमार साह | साउन १२, उदयपुर | फेसबुकमा आफनो स्टाटसमा अलक्षिना र त्यसअघि समाप्त भन्ने शब्द शिर्षक लेखेर त्रियुगा नगरपालिका वडा नं.११ बस्ने अन्दाजी २१ बर्षिय एक युवाले विहिबार मध्यरातमा  आत्महत्या गरेकाछन् ।

शुसिल कोईराला नाम गरेका ति युवाले बिहिबार राति १ बजेर २० मिनेट जाँदा आफनो फेसबुक पेज शुसिल कोईराला पेजमा उक्त शब्द लेखेर गलामा पासो लगाई झुण्डिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

केही दिन देखि फेसबुक पेजमा निराशाजनक शब्द र साहित्यीक वाक्यहरु लेख्दै आएका कोईराला मानसिक तनाबमा समेत रहेको प्रहरीको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरबहादुर केसीले बताए । 

केही समय देखि आफन्त भन्दा टाढा बस्दै आएका शुसिल पाँच सात दिन अगाडी मात्रै श्रीमती र साना साना दुई छोराहरुलाई ससुराली काठमाडौं छोडेर गाईघाट फर्केका थिए । श्रीमतीलाई अघिल्लो दिन मात्रै छिटै घर आउनु भनेको र श्रीमती विहिबार विहान करिब १० बजेको समयमा घर आईपुग्दा कोठा बन्द रहेकोले छिमेकीको साहायतामा ढोका खोल्दा श्रीमान झुण्डिएको अवस्थामा फेला परेको श्रीमतीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

कोइरालाको शव आजै दिउसो पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । उनले बुधबार राति १० बजेर २० मिनेटको समयमा “अलक्षिना” शिर्षकमा यस्तो लेखेका थिए ः 

“मैले गर्दा र म उ सँग नजिक हुँदा उस्लाई नराम्रो हुने रहेछ । जब जब म उ सँग नजिक भएँ तब तब उ कुनै न कुनै भुमरीमा फस्न थाल्यो । हिजो थाहा पाएँ मैले , म उ बाट टाडै बसेको राम्रो भन्ने कुरा । 

म र मेरो यादहरूले सायद उस्लाई कुनै भुमरीमा पो फसाउँछ की ? मेरो सरिर त उ बाट टाडै राखुँला , तर के मेरो मन उ बाट टाडा राख्न सक्छु होला र ..? 

जन्मेको दिन र बार अनी समय त राम्रै थियो मेरो । तर म किन उस्को लागी अलक्षिना बन्न पुगेँ ….. के म सचै नै अलक्षिना हो ।”


फोटोमा: मृतक शुसिल कोईराला

माथिको तश्विर स्क्रिनमा: मृतक शुसिल कोईरालाले आत्महत्या गर्नु अघि लेखेका फेसबुक स्टाटस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई