२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वुमन्स डे कप क्रिकेट: नेपालको रोमाञ्चक जित, युगाण्डा १ विकेटले पराजित

२०८१, २५ फाल्गुन आईतवार १६:०५

काठमाडौँ | युगाण्डामा जारी वुमन्स डे कप क्रिकेटअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा पहिलो जित निकालेको छ । नेपालले युगाण्डाविरुद्ध १ विकेटको रोमाञ्चक जित निकालेको हो ।

युगाण्डाले दिएको ७६ रनको लक्ष्य नेपालल अन्तिम बलअघि ९ विके गुमाएर पूरा गर्यो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ रन आवश्यक थियो । पहिलो बल डट खेलेको नेपालले दोस्रो बलमा रिया शर्माले २ रन जोड्नि । तेस्रो बलमा पनि रियाले एक रन जोडिन् । चौथो बल डट नै हुँदा पाँचौं बलमा यशोदा विष्टले ३ रन लिँदै नेपाललाई जिततर्फ डोहोर्याइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन जोडेको थियो ।

युगान्डाका लागि इम्माकुलेट नाकिसुयीले २२ र स्टेफनी नाम्पिनाले १४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि पूजा महताले तीन विकेट लिईन् । पूजाले चार ओभरम फ्याँक्दा १४ रन दिएर तीन विकेट लिँदा कप्तान इन्दू वर्माले दुई विकेट लिईन् ।

आज नेपाली महिला क्रिकेट टिमका लागि टी-२०आईमा सना प्रवीनले डेब्यू गरेकी छन् । उनले गत जनवरीमा भएको आईसीसी यू-१९ विश्वकप खेलेकी थिइन् ।

यसअघि नेपालले आफ्नो पहिलो खेल शनिबार नामिबियासँग खेलेको थियो। खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

आज युगान्डासँग खेलेको नेपालले फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता