2026-10-31 01:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वुमन्स डे कप क्रिकेट: नेपालको रोमाञ्चक जित, युगाण्डा १ विकेटले पराजित

काठमाडौँ | युगाण्डामा जारी वुमन्स डे कप क्रिकेटअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा पहिलो जित निकालेको छ । नेपालले युगाण्डाविरुद्ध १ विकेटको रोमाञ्चक जित निकालेको हो ।

युगाण्डाले दिएको ७६ रनको लक्ष्य नेपालल अन्तिम बलअघि ९ विके गुमाएर पूरा गर्यो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ रन आवश्यक थियो । पहिलो बल डट खेलेको नेपालले दोस्रो बलमा रिया शर्माले २ रन जोड्नि । तेस्रो बलमा पनि रियाले एक रन जोडिन् । चौथो बल डट नै हुँदा पाँचौं बलमा यशोदा विष्टले ३ रन लिँदै नेपाललाई जिततर्फ डोहोर्याइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन जोडेको थियो ।

युगान्डाका लागि इम्माकुलेट नाकिसुयीले २२ र स्टेफनी नाम्पिनाले १४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि पूजा महताले तीन विकेट लिईन् । पूजाले चार ओभरम फ्याँक्दा १४ रन दिएर तीन विकेट लिँदा कप्तान इन्दू वर्माले दुई विकेट लिईन् ।

आज नेपाली महिला क्रिकेट टिमका लागि टी-२०आईमा सना प्रवीनले डेब्यू गरेकी छन् । उनले गत जनवरीमा भएको आईसीसी यू-१९ विश्वकप खेलेकी थिइन् ।

यसअघि नेपालले आफ्नो पहिलो खेल शनिबार नामिबियासँग खेलेको थियो। खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

आज युगान्डासँग खेलेको नेपालले फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह