काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।आइतबार १०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार पनि प्रतितोला १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार सुन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, सोमबार चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।