६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ललितपुरमा चुङ्गी खेल्ने विषयमा विवाद हुँदा २ किशोरमाथि चक्कु प्रहार, २ जना पक्राउ

१ चैत्र २०८१, शुक्रबार १४:०९

ललितपुर | ललितपुरको गोदावरीमा दुई जना किशोरमाथि चक्कु प्रहार भएको छ । गोदावरी नगरपालिका वडा नम्बर–१ स्थित गोदामचौरमा चक्कु प्रहारबाट स्थानीय विशंखुनारायण माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत दुई जना विद्यार्थी घाइते भएका छन् ।

उनीहरूको पुल्चोक स्थित सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको छ । गोरखा घर भई गोदामचौरमा बस्ने उनीहरू दाजुभाइ हुन् ।

चुङ्गी खेल्ने निहुँमा झगडा हुँदा अर्को समूहका ३ जना मिलेर चक्कु प्रहार गरेको प्रहरी वृत्त सातदोबाटोका डीएसपी चित्र बहादुर भट्टराईले बताए । एक जनाको कोख र अर्का घाइतेको टाउकोमा चोट लागेको छ ।

चक्कु प्रहार गर्ने १६ वर्ष र १८ वर्षीय किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीहरू पनि  विशंखुनारायण माध्यमिक विद्यालयमा पढ्छन् । चक्कु प्रहारमा संलग्न अर्का एकजना फरार छन् ।

सुरुमा दुई समूहको बिचमा झगडा भएको र पछि अर्का युवक आएपछि चक्कु प्रहार गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । आरोपीहरू विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी भट्टराईले जानकारी दिए । आरोपी र पीडितको नाबालक भएको हुनाले प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या