2026-09-08 08:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पले कार्यभार सम्हालेयताका ५६ दिनमा अमेरिकाबाट भए ४३ नेपाली ‘डिपोर्ट’

काठमाडौँ | डोनाल्ड ट्रम्पले दोस्रोपल्ट राष्ट्रपतिको कार्यभार सम्हालेपछिका पछिल्लो ५६ दिनमा अमेरिकाले ४३ नेपालीलाई ‘डिपोर्ट’ गरेको छ । पछिल्लोपटक गएको शनिबार (चैत २) अमेरिकाबाट एकजना डिपोर्ट भएका हुन् ।

ट्रम्पले सन् २०२५ जनवरी २० का दिन अमेरिकी राष्ट्रपति पदको शपथ लिएका थिए । राष्ट्रपतिको शपथ लिएलगत्तै ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आप्रवासी नीतिमा कडाइ गरेका थिए । अमेरिकामा अवैध प्रवेश गरेका र रहेकालाई डिपोर्ट गर्ने घोषणा ट्रम्पले आफ्नो चुनावी अभियानकै क्रममा गरेका थिए ।

उनले राष्ट्रपतिको शपथ लिएपछि ट्रम्प प्रशासनले निष्कासन गरिने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ आप्रवासीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लगाइएको थियो । सोहीअनुसार अमेरिकामा अवैध रूपमा रहेका नेपालीसहितका विदेशीलाई डिपोर्ट गरिँदै छ ।

गएको फागुन २१ गते अमेरिकाले नौ नेपालीलाई डिपोर्ट गरी काठमाडौं पठाएको थियो । अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसाय र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकामाथि लगाइएको छ ।

डिपोर्ट गरिएकालाई नेपाली विमानस्थलमा प्रहरीलाई बुझाउने गरिएको छ । खासगरी मानव तस्करको प्रलोभनमा परी अवैध बाटो अमेरिका गएका कारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गर्छ ।

सन् २०२४ मा विभिन्न देशले एक हजार २२८ नेपालीलाई डिपोर्ट गरेका थिए । उक्त वर्ष अमेरिकाले ३५ नेपालीलाई डिपोर्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित