2026-08-26 11:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सनस्क्रिन किन र कसरी लगाउने ?

काठमाडौँ | गर्मीमा घाम र धुलोबाट आफ्नो छालालाई जोगाउन सनस्क्रिनको प्रयोग गरिन्छ । घामबाट बच्न घरबाट बाहिर निस्किंदा सनस्क्रिन लगाउन बिर्सनुहुन्न पनि भनिन्छ ।

धेरै पटक कडा घामको कारणले दाग धब्बा, चाउरीपन ‘सनर्बन’, ‘टेनिङ’ र अन्य छालासम्बन्धी समस्याको सामना गर्नुपर्छ । सूर्यबाट उत्सर्जित पराबैजनी किरणले हाम्रो छालालाई ठूलो नोक्सान पुर्‍याउँछ । छालासम्बन्धी विभिन्न समस्याबाट बच्न सनब्लक क्रिमको प्रयोग गरिन्छ ।

सनस्क्रिन कति प्रकारका हुन्छन् ? सनस्क्रिन लगाउने विधि के हो ? सनस्क्रिन कसरी छनोट गर्ने ? सनस्क्रिन लगाउने सही समय कुन हो ? जस्ता कुराको दुविधा हुनसक्छ ।

सूर्यबाट यूबीए, यूबीबी, यूबीसी, भिजिबल लाइट लगायत विभिन्न हानिकारक किरण आउने गर्छ । जसमध्ये पराबैजनी किरण जसमा यूबीए र यूबीबीले छालालाई नकारात्मक असर गर्छ । यी पराबैजनी किरणबाट बच्न घामको सम्पर्कमा आउने अनुहार, घाँटी, हात खुट्टामा सनस्क्रिन लगाउनुपर्ने हुन्छ ।

आज हामी कस्तो प्रकारको सनस्क्रिन छालाका लागि राम्रो मानिन्छ र एक पटकमा कति सनस्क्रिन अनुहारमा लगाउँदा छालालाई सही सुरक्षा मिल्छ यसबारे कुरा गर्नेछौँ ।

कस्तो प्रकारको सनस्क्रिन फाइदाजनक ?

सनस्क्रिन खरिद गर्ने बेला एसपीएफ (सन प्रोटेक्सन फेक्टर) हेर्न बिर्सनु हुन्न । एसपीएफ १५ ले ९३ प्रतिशत युबीबी किरणलाई रोक्छ, एसपीएफ ३० ले ९७ प्रतिशत यूबीबी किरणलाई रोक्छ । त्यसैले एसपीएफ ३० भन्दा माथिको सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

सनस्क्रिन लगाउने सही तरिका

छालामा सबैभन्दा पहिले सनस्क्रिन लगाउने कि मोइस्चराइजर लगाउने भन्ने विषयमा धेरै जना अलमलिएको पाइन्छ । छालामा सबैभन्दा पहिले मोइस्चराइजर लगाउनुपर्छ त्यसपछि सनस्क्रिन ।

घरबाट निस्कनुभन्दा आधा घण्टाअघि नै सनस्क्रिन लगाउनुपर्छ । अतिरिक्त सुरक्षाको लागि दिनमा दुईदेखि तीन पटक लगाउनु राम्रो हुन्छ । घरबाट बाहिर निस्किंदा मात्र होइन, घरभित्र हुँदा पनि सनस्क्रिन लोसन लगाउनुपर्छ ।

एक पटकमा एक चिया चम्चा ‘पाँच एमएल’ जति बाक्लो लेयर सनस्क्रिन लगाउनुपर्छ । पातलो लेयर लगाउँदा त्यसले सूर्यको हानिकारक किरणलाई राम्ररी छेक्न सक्दैन ।

सनस्क्रिन किन्दा ध्यान दिनुपर्ने कुरा
सबैभन्दा पहिले आफ्नो छाला कस्तो प्रकारको हो त्यो थाहा पाउनुपर्छ । आफ्नो छालाअनुसारको सनस्क्रिनको प्रयोग गर्नुपर्छ । आफ्नो छाला कुन प्रकारको हो भन्ने कुरा थाहा पाउन छाला रोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।

चिल्लो छाला छ भने पानी तथा जेल बेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सामान्य छाला छ भने लोसनबेस लगाउनुपर्छ । सुक्खा छाला छ भने क्रिमबेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । त्योबाहेक कसै–कसैको छाला धेरै संवेदनशील छ भने मिनिरल्स सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।

सनस्क्रिन मुख्यतया दुई प्रकारको हुन्छ- फिजिकल सनस्क्रिन र केमिकल सनस्क्रिन । फिजिकल सनस्क्रिनले छालाभित्र सम्म नगएर बाहिरबाट नै संरक्षण गर्छ । यसलाई मिनिरल सनस्क्रिन पनि भनिन्छ । गर्भवती महिला  र सेन्सिटिभ  छाला भएकाहरूले यो सनस्क्रिन लगाउनुपर्छ । केमिकल सनस्क्रिन भने विभिन्न केमिकलको मिश्रणबाट बनेको हुन्छ । धेरै घामको सम्पर्कमा आउने व्यक्तिहरूले केमिकल सनस्क्रिन लगाउनुपर्छ ।

एक पटकमा कति सनस्क्रिन लगाउनुपर्छ ?

यदि तपाईं अलिकति सनस्क्रिन लगाएर युभी किरणहरूबाट जोगिन्छु भन्ने लाग्छ भने तपाईं गलत हुनुहुन्छ । छाला विशेषज्ञ एक पटकमा दुई औँलाको बराबर सनस्क्रिन लगाउन सुझाव दिन्छन् । अर्थात् एक पटकमा एक चम्चा बराबर सनस्क्रिन छालामा लगाउनुपर्छ । जब तपाईं सनस्क्रिन लगाउनुहुन्छ, पूरै अनुहारमा राम्रोसँग लगाएर १० मिनेटको लागि छोड्नुहोस् ।

दश मिनेटभित्र नै सबै सनस्क्रिन तपाईंको छालामा राम्रोसँग अवशोषित हुनेछ । छाला विशेषज्ञहरूका अनुसार दिनमा दुई दुई घण्टाको अन्तरालमा सनस्क्रिन लगाउनुपर्छ ।

के-के फाइदा हुन्छ?

  • दैनिक सनस्क्रिन लगाउनाले छालालाई हानिकारक यूभी किरणहरूबाट बचाउन मद्दत गर्छ ।
  • सूर्यको अल्ट्रावायोलेट हानिकारक किरणले अनुहारलाई धेरै नोक्सान पुर्‍याउँछन् । सनस्क्रिनको प्रयोगले यी किरणबाट बचाउन मद्दत गर्छ ।
  • सनस्क्रिनको प्रयोगले छाला समयभन्दा बुढ्यौली देखिने समस्या केही ढिलो हुन्छ ।
  • लामो समयसम्म यूभी किरणहरूको सम्पर्कमा रहनाले छाला क्यान्सरको जोखिम पनि बढ्न सक्छ । यी यूभी किरणबाट बच्न लागि नियमित रूपमा सनस्क्रिन लगाउनु आवश्यक छ ।
  • सनस्क्रिन लगाउनाले छालाका कोशिकाको सही सुरक्षा हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई