साउन १६, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सडकमा आतंक मच्चाउने र गुण्डाको लगानी भएका टिपरमाथि कारबाही थाल्ने बताएका छन् ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सडकमा आतंक मच्चाउने र गुण्डाको लगानी भएका टिपरमाथि कारबाही थाल्ने बताएका छन् ।

"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुण्डाको लगानी भएका ट्रिपर बन्द गराउछु: सर्वेन्द्र खनाल

१६ श्रावण २०७४, सोमबार १०:२५

साउन १६, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सडकमा आतंक मच्चाउने र गुण्डाको लगानी भएका टिपरमाथि कारबाही थाल्ने बताएका छन् ।

तीव्र गतिमा दौडिने, नियम नमान्ने र अरु सवारी तथा यात्रुलाई पेल्ने र ओभरलोड बोकेर सडक विगार्ने गरेको भन्दै टिपरहरुप्रति तिव्र गुनासा आउने गरेका छन् ।

सोमबार काठमाडौंको बग्गीखानामा ट्राफिक ब्यवस्थापनबारे भएको छलफलमा टिपर ब्यवसायी संघका प्रतिनिधिलाई सम्बोधन गर्दै खनालले डाँडा पाखा आगट्ने र क्रसर चलाएर सडकमा पनि टिपर आतंक फैलाउने प्रवत्ति हटाउन जरुरी रहेको बताए । ”टिपरले सडकमा मललाग्दी गर्ने कारणमध्ये गुण्डाको लगानी पनि हो । मसँग त्यस्ताको नाममा रहेको ट्रिपरको लगत छ’ डीआईजी खनालले भने ‘त्यसको सातो मात्रै लिने होइन, तिनका नामका ट्रिपर बन्द गराउँछु ।’

‘अब ट्राफिक प्रहरी कारवाहीमा मात्रै केन्द्रित हुँदैन । सडक संरचना नभएका स्थानमा बसेर चिट पनि काट्दैन’ खनालले भने, ‘कारवाही अघि मानवीय दृष्टिकोण पनि ट्राफिकले राख्छ ।’

कानुनको कार्यान्वननका लागि प्रहरी संगठन बनेको भन्दै कानुन मिच्नेलाई कारवाही गर्न पछि नहट्ने पनि स्पष्ट गरे । 

उनले भने, म हाँसेरै काम गर्छु तर, सँधै हाँस्न मात्र मात्रै मैले जानेको छैन ।’ उनले ट्राफिक बत्ति नहुँदा समस्या भएको भन्दै सरकारले जडान गर्न नसके निजी क्षेत्रले लगानी गर्नसक्ने बताए । ‘ट्राफिक बत्ति हालिदिन्छौं भनेर मान्छे आएका छन् । कि सरकाले छिटो गर्नुपर्‍यो, नभए गर्छु भन्नेलाई दिनुपर्‍यो’ खनालले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो