2026-10-02 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी: फसेकाहरूलाई उद्धार गर्न पठाइयो हेलिकप्टर

काठमाडौँ | सुनसरीको इटहरी चोकमा आगलागी भएको सेन्ट्रल प्लाजाबाट सात जनाको उद्धार भएको छ। बुधबार बिहान साढे ९ बजेदेखि सुरू भएको आगलागी भएको भवनबाट सात जनाको उद्धार गरिएको छ। केही मानिस अझै पनि उक्त भवनमा फसेका छन्।
इटहरी-६ का वडाध्यक्ष दिवस पोखरेलका अनुसार आगो निकै ठूलो भएकाले भित्र छिर्न सकिने अवस्था छैन। बाहिरबाट दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आउँदैछ।

गृह मन्त्री रमेश लेखकले समन्वय गरी काठमाडौंबाट सेनाको हेलिकप्टर पठाइएको सचिवालयले जानकारी दिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ। सशस्त्र प्रहरी बलको नं. १ बराह बाहिनीबाट सप्रबउ मनिष थापाको नेतृत्वमा १०५ जना उद्धार कार्यमा जुटिरहेका छन्।

आगलागी सेन्ट्रल प्लाजाको पाँचौं तलाबाट सुरु भएको थियो। अहिले पाँचौं, छैटौं, र सातौं तलामा आगो फैलिएको सुनसरी प्रहरीले जनाएको छ। नौ तलाको यो भवनमा होटल वरन्डा, रेस्टुरेन्ट, क्युएफेक्स सिनेमा हल, सनराइज बैंक, क्याफे, मोबाइल सर्भिस सेन्टर, र विभिन्न पसलहरू छन्।

स्थानीय प्रत्यक्षदर्शी विनय बाराकोटीका अनुसार होटलभित्र काठका सामग्री धेरै भएकाले आगो भित्रभित्रै फैलिएको छ। दमकलले बाहिरबाट पानी छ्यापिरहे पनि आगो नियन्त्रणमा आउन नसकेको उनले बताए।
उद्धार प्रयास जारी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल