९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस कारण भएन सिंहदरबारको अधिकार घरघरमा

१७ श्रावण २०७४, मंगलवार १०:१३


शंकर के सी/सल्यान, १७ साउन । सल्यानका स्थानीय तहमा कर्मचारि अभावले गर्दा नागरिकले परिवर्तनको अनुभुति गर्न सकेका छैनन् ।

 नयाँ संरचनामा स्थानीय तहबाट सेवा प्रवाह गर्न जनशक्तिको कमी छ । जिल्लामा ३ वटा नगरपालिका र ७ वटा गाउापालिका गरि १० वटा स्थानीय तह रहेपनि अधिकांश स्थानीय तहका कार्यालयले कर्मचारी पाउन सकेका छैनन् । कतिपय वडा सचिवले ६ वटा वडा सम्मको काम सम्हाल्नुपर्ने बाध्यता रहेको छ । 

जिल्लाको कुपिण्डे वन्गाड नगरपालिकामा एक जना कार्यकारि अधिकृत र २ वटा सचिव मात्रै रहेका छन् । नगरपालिकामा एक जना कार्यालय सहयोगी पनि नभएको नगर प्रमुख गोविन्द कुमार पुनले बताए ।

नगरपालिकामा लेखा, प्रशासन सहायक, प्राविधिक लगायत कर्मचारी नहुँदा काममा समस्या परेको उनले बताए । उनले भने– ‘अव बजेट निकासा हुने बेला भइसक्यो, कर्मचारि नगरमा छदैछैनन्, बजेट कसरि खर्च गर्ने समस्यै समस्या छ । लेखापाल नहुँदा कर्मचारिलाइ तलव खुवाउने देखि सेवाग्राहिले सेवा सरल तरिकाले पाउन समेत सकेका छैनन् ।’ 

सामान्य सिफारिस लेख्ने कर्मचारी समेत नगरमा नहुदा निक्कै समस्या भएको स्थानीयको गुनासो छ । पहिलेका सवै वडाकासचिवहरु सरुवा भई अन्यन्त्र गई सकेपछि यस नगरका १० वटा वडा सचिव विहिन छन् ।

विवाहा दर्ता, जग्गा रजिष्ट्रेशन, जन्म दर्ता र वडाहरुबाट सेवा सञ्चालन हुने सवै सेवाहरु समेत प्रभावित भएको देखिन्छ । वडा सचिव नहुदा जन प्रतिनिधीहरुलाई समेत कसरी काम गर्ने हो भनेर अन्योलता बढेको छ । यहाँका नागरिकले राज्यबाट पाउनु पर्ने दैनिक सेवाबाट दुख पाउनु परेको स्थानीयको गुनासो छ । कतै वडा कार्यलयहरु टाढा भएर कतै नगरपालीकाको कार्यलय टाढा भएर पनि समस्या भएको वताइएको छ । जिल्लाका धेरैजसो वडा कार्यालयहरु पनि स्थापना हुन सकेका छैनन् । 

नगर प्रमुख पुनले जिल्ला समन्वय समितीसंग कर्मचारी माग गरेपनि जिल्लाबाट सम्भव हुन नसकेको जनाए । उनले भने– ‘जिल्लाबाट कर्मचारि आउने सम्भावना देखिएन, अव मन्त्रालयमै जानकारि गराउने तयारि गरेका छौं ।’

स्थानीय तहमा कर्मचारी नहुदाँ काम गर्न समस्या भएको स्थानीय तहका प्रमुखहरुले बताउने गरेका छन् । कर्मचारी नभएकै कारण जनताको काम रोकिएको पाइएको छ । ‘कर्मचारि नहुँदा यसको असर जनताको काममा परेको छ, यसको जिम्मा कसले लिने हो,’ वन्गाड नगरका स्थानीय दुर्गा विसिले भने । जनप्रतिनिधीहरुले आफुहरुलाइ हातखुट्टा बाँधेर काममा लगाएको जस्तो भएको गुनासो गरेका छन् ।

सिंहदरबारको अधिकार गाउँमा आएको बताइए पनि कर्मचारी अभावले जनप्रतिनिधि छट्पटाएका छन् । कर्मचारी अभावले नियमित काम प्रभावित भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जनाए । अहिले सबैजसो स्थानीय तह कर्मचारी पर्खाइमा छन् । सेनले आफूहरूलाई गाडि र सुविधा नचाइएको तर जनताको काम गर्न तत्काल कर्मचारी खटाइदिन आग्रह गरे । काम ठूला हुने तर, व्यवहारमा कर्मचारी पनि नपठाइदा समस्या परेको उनको भनाइ छ ।

कर्मचारि समायोजनका लागी पहल भइरहेको मन्त्रीको भनाइ

यसैविच सामान्य प्रशासन मन्त्री टेक बहादुर वस्नेतले कर्मचारि समायोजनका लागी पहल भइरहेको बताएका छन् । टेलिफोनमा कुराकानी गर्दै उनले स्थानीय तहका लागी कर्मचारि काजमा खटाउने कि अथवा संक्रमणकालिन व्यवस्था गरेर कर्मचारि अभावको समस्या समाधान गर्ने की भन्ने बारेमा आफुले छलफल चलाइरहेको जनाए ।

उनले भने– ‘कहाँ कती कर्मचारि चाहिने हो भनेर अध्ययन भइरहेको छ, देशैभरि यो समस्या देखिएको छ, यहि साउन १८ गते बैठक बसेर वृहत छलफल र निर्णय लिने तयारिमा छौँ । समस्या समाधानका लागी म गम्भीर छु ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो