९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकमा रेणुलाई गाली गर्ने देवी ज्ञवालीका छोरा पक्राउ

१८ श्रावण २०७४, बुधबार ०९:४६


साउन१८, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट गालीगलौज गरेको आरोपमा प्रहरीले निरब ज्ञवालीलाई पक्राउ गरेको छ ।

उनलाई बुधबार पुतलीसडकबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको हो । 

भरतपुर महानगरको मतपत्र च्यातिएपछि निरबले माओवादी उम्मेदवार रेणु दाहाललाई अपशब्द प्रयोग गर्दै फेसबुकमा स्टाटस लेखेका थिए । सोही स्टाटसका आधारमा रेणुका पती अनिलकुमार पाठकले चितवन प्रहरीमा उजुरी दिएका थिए । पाठकले डोटीका एसबी भनिने सन्तोष बोहोराविरुद्ध पनि उजुरी दिएका थिए ।

चितवन प्रहरीले साइबर क्राइममा मुद्दा दायर गरी पक्राउ गर्न काठमाडौं प्रहरी परिसरमार्फत आग्रह गरेकाले उनलाई पक्राउ गरिएको अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले बताए ।

उनलाई हिरासमा लिई अनुसन्धान भइरहेको र पुष्टि भए साइबर क्राइम अन्तर्गत मुद्दा चलाइने कार्कीले बताए । ज्ञवाली भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो