९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

काम नगर्न निर्वाचित जनप्रतिनिधिलाई अदालतको आदेश

१९ श्रावण २०७४, बिहीबार ०९:४९

साउन १९, उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ४ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अर्को आदेश वा निर्णय नभएसम्म कुनै काम नगर्न उच्च अदालत ओखलढुंगाले अन्तरिम आदेश जारी गरेको छ । 

बुधबार उच्च उदालत ओखलढुंगाका न्यायाधीशहरु टेकराज नेपाल र दीपेन्द्रबहादुर वमको संयुक्त इजलासले सो अन्तरिम आदेश दिएको उच्च अदालत ओखलढुंगाले जनाएको छ । 

असार १४ गते सम्पन्न भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयमा बेलका नगरपालिकाको वडा नं ४ मा मतगणना गर्दा मत खसेको मतदाताको संख्याभन्दा चार मत बढी देखिएपछि सो विषयमा विवाद भएको थियो । 

नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका मनोज तामाङसहितका अन्य सदस्यले सो कुरा मान्य नहुने भन्दै पुनः मतदान गर्नु पर्ने वा पुनः मतगणना गर्नु पर्ने माग राखेको तामाङ पक्षले बताएका छन् । 

यता मतदान अधिकृतले भने एकपक्षीयरुपमा मतगणना सम्पन्न गरेर निर्वाचन मण्डलले एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका दीपक दंगालसहितका अन्य चारजना सदस्यलाई विजय घोषणा गरेका थिए । 

सोही विषयलाई लिएर उच्च अदालत ओखलढुंगामा माओवादी केन्द्र र काँग्रेसका उम्मेदवारसहितका उम्मेदवारले रिट निवेदन दिएको सम्बन्धित पदाधिकारीहरु बताउँछन् । 

निवेदक पक्षहरुले बेलका नगरपालिकाका निर्वाचन अधिकृत हरिप्रसाद पोखरेल र मतदान अधिकृत श्यामनारायण पण्डितसहितका पदाधिकारीलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेका थिए । 

बेलका नगरपालिकामा प्रमुख र उपप्रमुखसहित बहुमत नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो