2026-08-27 05:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

काम नगर्न निर्वाचित जनप्रतिनिधिलाई अदालतको आदेश

साउन १९, उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ४ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अर्को आदेश वा निर्णय नभएसम्म कुनै काम नगर्न उच्च अदालत ओखलढुंगाले अन्तरिम आदेश जारी गरेको छ । 

बुधबार उच्च उदालत ओखलढुंगाका न्यायाधीशहरु टेकराज नेपाल र दीपेन्द्रबहादुर वमको संयुक्त इजलासले सो अन्तरिम आदेश दिएको उच्च अदालत ओखलढुंगाले जनाएको छ । 

असार १४ गते सम्पन्न भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयमा बेलका नगरपालिकाको वडा नं ४ मा मतगणना गर्दा मत खसेको मतदाताको संख्याभन्दा चार मत बढी देखिएपछि सो विषयमा विवाद भएको थियो । 

नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका मनोज तामाङसहितका अन्य सदस्यले सो कुरा मान्य नहुने भन्दै पुनः मतदान गर्नु पर्ने वा पुनः मतगणना गर्नु पर्ने माग राखेको तामाङ पक्षले बताएका छन् । 

यता मतदान अधिकृतले भने एकपक्षीयरुपमा मतगणना सम्पन्न गरेर निर्वाचन मण्डलले एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका दीपक दंगालसहितका अन्य चारजना सदस्यलाई विजय घोषणा गरेका थिए । 

सोही विषयलाई लिएर उच्च अदालत ओखलढुंगामा माओवादी केन्द्र र काँग्रेसका उम्मेदवारसहितका उम्मेदवारले रिट निवेदन दिएको सम्बन्धित पदाधिकारीहरु बताउँछन् । 

निवेदक पक्षहरुले बेलका नगरपालिकाका निर्वाचन अधिकृत हरिप्रसाद पोखरेल र मतदान अधिकृत श्यामनारायण पण्डितसहितका पदाधिकारीलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेका थिए । 

बेलका नगरपालिकामा प्रमुख र उपप्रमुखसहित बहुमत नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो नेपालमा करिब एक सय चिनियाँ नागरिक बेपत्ता सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा