साउन १९, काठमाडौँ । प्रहरी महानिरीक्षक नियुक्तिको बिषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथिको सुनुवाइ आज नसकिएपछि सर्वोच्च अद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १९, काठमाडौँ । प्रहरी महानिरीक्षक नियुक्तिको बिषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथिको सुनुवाइ आज नसकिएपछि सर्वोच्च अद"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिलवालको मुद्दा हेर्दाहेर्दैमा, साउन २६ मा सुनुवाइ

१९ श्रावण २०७४, बिहीबार १३:१६


साउन १९, काठमाडौँ । प्रहरी महानिरीक्षक नियुक्तिको बिषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथिको सुनुवाइ आज नसकिएपछि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको छ । 

प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि अर्को सुनुवाइ यही साउन २६ गतेका लागि तोकिएको छ । 

निवेदक सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, बाबुराम कुँवर, अधिवक्ता टीकाराम भट्टराई, हरि फुयाँल र ओमप्रकाश अर्यालले बहस गर्नुभएको थियो भने सरकारको तर्फबाट महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, नायव महान्याधिवक्ता दुर्गाबन्दु पोखरेल, किरण पौडेल, सहन्यायाधिवक्ता संजीवराज रेग्मी, लोकराज पराजुली र रेवतीराज त्रिपाठीले बहस गर्नुभएको थियो । 

इजलासमा नै प्रहरी महानिरीक्षक प्रकाश अर्याल र प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दको चार वर्षको कार्यसम्पादन र मूल्यांकनको विधिविज्ञान जाँच गर्दाको प्रमाण पनि प्रस्तुत गरिएको थियो । 

यसअघि सिलवालको मुद्दा असार २२ गतेबाट आजका लागि तोकिएको थियो । प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते रिट निवेदन दिनुभएको थियो । 

अदालतको उक्त निर्णयलाई कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो । सो आदेशपछि सरकारले प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । 

सिलवालले वरियता क्रममा आफू एक नम्बरमा रहेको र चार वर्षको कार्य सम्पादन एंव मूल्यांकनका आधारमा आफू अर्यालभन्दा अगाडि रहेको जिकिर गर्दै पुनःअदालतमा निवेदन दिनुभएको थियो । त्यसमा अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो