२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझा बसको सेवा बन्द गराउने चेतावनी

२०७४, २० श्रावण शुक्रबार ०४:३३

साउन २०, बनेपा । काभ्रेपलाञ्चोकको साँगाबाट पनि साझा यातायातको बस सञ्चालनमा आएपछि स्थानीय यातायात व्यवसायीले त्यसलाई बन्द गराउने चेतावनी दिएका छन् । 

काभ्रे मिनीबस व्यवसायी समितिको बिहीबार नगरकोटमा भएको ३९औँ साधरणसभामा उनीहरुले साझा यातायातको बस सेवा धुलिखेलबाट पनि सञ्चालन हुने सम्भावना भएकाले यातायात व्यवसायीले एकजुट भएर प्रतिकार गर्नुपर्ने बताए । 

उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य तथा यातायात व्यवसायी सुरकृष्ण वैद्यले साझा यातायातले चिल्ला सडकमा मात्रै बस सञ्चालन गरेर नहुने उल्लेख गर्दै ग्रामीण क्षेत्रबाट पनि बस सञ्चालनको हैसियत राख्नुपर्ने बताउनुभयो । उहाँले सरकारको स्पष्ट नीति नहँुदा यातायात व्यवसायी मारमा परेको उल्लेख गर्दै निजी क्षेत्रबाट यातायात क्षेत्रमा रु चार खर्बको लगानी भएको छ भन्नुभयो । 

हिमाल तराई यातायात समितिका अध्यक्ष आत्माराम थापाले नगरबसको नयाँ अवधारणा ल्याएर साझा यातायातको बस सेवालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै स्तरीय बस सेवा यातायात व्यवसायीका लागि चुनौती भएको बताउनुभयो । 

अरनिको यातायात व्यवसायीका अध्यक्ष श्याम लामाले साझा यातायातले दिने भन्दा सेवा सुविधा बढाएर बस सञ्चालन आवश्यक छ भन्नुभयो । 

काभ्रे बस व्यवसायी सङ्घका अध्यक्ष डिलबहादुर शाहीले अब साझा यातायातको बस काभ्रेपलाञ्चोकका विभिन्न ठाउँबाट पनि सञ्चालन हुने भएकाले त्यसको प्रतिकार गर्नुपर्ने बताउनुभयो । 

झण्डै एक महिनादेखि साझा यातायातले जिल्लाको साँगाबाट पनि बस सेवा सञ्चालन गरेपछि धुलिखेलबाट पनि सञ्चालन गर्न स्थानीयवासीले माग गरेपछि स्थानीय तहले बजेट विनियोजनसमेत गरेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो