१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोले पुरेर एकै परिवारका चारको ज्यान गयो, सिङ्गो गाउँ उच्च जोखिममा

२० श्रावण २०७४, शुक्रबार १०:४५


प्रेम सुनार/साउन २०, गुल्मी । आज विहान साढे सात बजे देखि बाग्लुङ्गको  निसीखोला खाउँपाालिकामा अविरल वर्षा सगै गएको पहिरोले घर बगाउँदा एकै परिवारका चारजनाकोृ मृत्यु भएको छ भने कैयौं बेपत्ता भएका छन् ।   

निसीखोला गाउपालिका १ साविक देविस्थान गाविसको हुल्दी गाउँ पुरै जोखिममा परेको छ । सो पहिरोमा परी लाल बहादुर सिँजालीको घर पहिरोले बगाउँदा उनकी ७६ वर्षिया आमा खगिशरा सिँजाली मगर बेपत्ता बनेकी छिन । उनको स्थानीयवासीले खोजी गरिरहेका छन् । तर उनको स्थिति अज्ञात छ । उनलाई जीवितै उद्धार गर्न सकिने अवस्थाको  नरहेको उद्धारमा संलग्नहरुले बताएका छन् ।

घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार कार्य गरिरहेका छन् ।पहिरो करीव २ सय मिटर लामो छ । निरन्तर पहिरो बगी रहेकोले हुल्दी गाउँका १५० घरधुरीका करीब ७ सय जनता पहिरोको जोखिमबाट बच्न गाउ माथीको दहको जंगलतिर लागेको स्थानीयले बताएका छन् । चौपायाहरु भने पहिरोमा परेको उनिहरुको भनाई छ ।पहिरो बगिरहेको छ, थामिएको छैन, यहिक्रम जारी रहे ठुलै पहिरो खसेर निसी खोला नै थुनिने खतरा रहेको स्थानीयले बताएका छन् ।

शुक्रबार विहान आएको बाढी पहिरोमा परी ढोरपाटन नगरपालीका र निसीखोला गाँउपालिकामा गरी ६ जनाको मृत्यु भएको छ । पहिरोका कारण घर पुरिदा ढोरपाटन नगरपालिका अधिकारीचौरका ५५ बर्षिय हुमे बिकको मृत्यु भएको छ भने उनको श्रीमती र एक छोरीको स्थानीयले जिवितै उद्धार गरेका छन् ।

पहिरोको कारण निसीखोला गाउपालिकाको वडा न २ मा एकै परिवारका चार जानाको मृत्यु भएको छ। करिब तीन सय मिटर माथीबाट आएको पहिरोले घर पुरिएर उनीहरुको मृत्यु भएको हो । 

मृत्यु हुनेमा बर्ष ६७ का मनिमान छन्त्याल उनको श्रीमती बर्ष ६३ की नन्दिकला छन्त्याल , बुहारी बर्ष २२ कि बिन्दु छन्त्याल र छोरी बर्ष १८ कि गिता छन्त्याल रहेका छन् । अहिलेसम्म तीन जनाको शव भेटिएको र एक जनाको खोजी कार्य जारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो