प्रज्वल पाैडेल । साउन २२, काठमाण्डाै । भाैतिक योजना तथा यातायात मन्त्री वीर बहादुर वलायरले काठमाडौंमा देखिएका धुलाे र ट्राफिक जामको समस्या छिट्टै हट्ने बताउनुभएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । साउन २२, काठमाण्डाै । भाैतिक योजना तथा यातायात मन्त्री वीर बहादुर वलायरले काठमाडौंमा देखिएका धुलाे र ट्राफिक जामको समस्या छिट्टै हट्ने बताउनुभएक"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्राफिक जाम र धुलाेको समस्या छिट्टै हल गर्ने: भाैतिक योजना तथा यातायात मन्त्री वलायर

२२ श्रावण २०७४, आईतवार ०२:३८

प्रज्वल पाैडेल । साउन २२, काठमाण्डाै । भाैतिक योजना तथा यातायात मन्त्री वीर बहादुर वलायरले काठमाडौंमा देखिएका धुलाे र ट्राफिक जामको समस्या छिट्टै हट्ने बताउनुभएकाे छ। शनिबार राजधानीकाे चावहिलमा रोयल ए–वान इन्भेष्टमेन्ट प्रालिद्धारा सञ्चालित रोयल ए–वान फास्टफुड ग्रुपको बार्षिक साधारण सभा एवम् अधिवेशनलाई सम्बाेधन गर्दै उहाँले मेलम्ची खानेपानी आयोजनाले पाइप विस्तारकाे कार्यमा ढिलासुस्ती हुदाँ काठमाडौंका सडकमा खाल्डाखुल्डी र धुलाम्य भएको बताउनुभएकाे हाे। 

उहाँले सडकमा ट्राफिक लाईटका उचित व्यवस्थापन हुन नसक्दा समेत दैनिक रूपमा यात्रुले जामकाे समस्या बेहाेर्नु परेकाे धारणा राख्नुभयाे । उहाँले भन्नुभयाे – 'नागरिककाे दैनिक जीपनयापनमा परेका यस्ता समस्याहरु कसरी समाधान गर्ने भन्नेबारे मन्त्रालयमा छलफल भइरहेकाे छ ।'

राजधानीमा मात्रै नभई देशका अन्य स्थानमा समेत गुणस्तरीय सडक निर्माण हुन नसकेको बताउदै उहाँले दिर्घकालिन रूपमा नै याेजनाबद्ध रूपमा अगाडि बढ्ने बताउनुभयाे ।

भौतिक पूर्वाधारका काममा तीव्रता दिने,सार्वजनिक यातायातलाई सहज बनाउने काममा ध्यान दिने र विकास निर्माणमा हुने ढिलाइका कारण खोजी त्यसको समाधान गर्ने बताएका छन् ।

देशमा युवाहरू वेराेजगार र खाडि मुलुकमा जाेखिमयुक्त काममा जान बाध्य भइरहेकाे बेला रोयल ए–वान फास्टफुड ग्रुपले स्वदेशमा नै राेजगारी दिएर अार्थिक विकासमा टेवा पुगेकाे बताउनुभयाे । उहाँले स्वदेशमा नै राेजगारीकाे वातावरण बन्दा युवा विदेश पलायन हुनबाट राेकिने धारणा राख्नुभयाे । मन्त्री वलायरले भन्नुभयाे – 'अाफ्नाे मन्त्रालय यस अन्तगत नपरेपनि सरकारकाे जिम्मेवार निकायमा अाफु रहेकाले सम्बन्धित मन्त्रालयमा राज्यबाट व्यवसायीले पाउनुपर्ने सेवा सुविधाकाे वारेमा स्पष्ट नीति ल्याउन सकरात्मक पहल गर्छु।'

काङ्ग्रेस नेता समेत रहेका वलाएरले मुलुकाे अार्थिक विकासमा नीजि क्षेत्रले महत्त्वपूर्ण भुमिका खेलेकाे धारणा राख्नुभयाे ।


कार्यक्रममा रोयल ए–वान फास्टफुड ग्रुपले मन्त्री बलाएरलाई सम्मान गर्नुका साथै सफल कार्यकालकाे शुभकामना दिएकाे छ । त्यसैगरी फास्टफुट ग्रुपमा अावद्ध विभिन्न व्यक्ति तथा संस्था र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरेकाे छ । 

कार्यक्रममा अन्य वक्ताहरूले दुर्गम जिल्ला रामेछापबाट काठमाण्डौं अाएर बसेका व्यक्तिहरूकाे लगानीबाट स्थापना भएकाे व्यवसायले राेजगारकाे अवसर सिर्जना हुनुकाे साथै मुलुककाे अार्थिक विकासमा टेवा पुग्न मद्दत पुगेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो