प्रज्वल पाैडेल । साउन २२, काठमाण्डाै । भाैतिक योजना तथा यातायात मन्त्री वीर बहादुर वलायरले काठमाडौंमा देखिएका धुलाे र ट्राफिक जामको समस्या छिट्टै हट्ने बताउनुभएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । साउन २२, काठमाण्डाै । भाैतिक योजना तथा यातायात मन्त्री वीर बहादुर वलायरले काठमाडौंमा देखिएका धुलाे र ट्राफिक जामको समस्या छिट्टै हट्ने बताउनुभएक"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्राफिक जाम र धुलाेको समस्या छिट्टै हल गर्ने: भाैतिक योजना तथा यातायात मन्त्री वलायर

२०७४, २२ श्रावण आईतवार ०२:३८

प्रज्वल पाैडेल । साउन २२, काठमाण्डाै । भाैतिक योजना तथा यातायात मन्त्री वीर बहादुर वलायरले काठमाडौंमा देखिएका धुलाे र ट्राफिक जामको समस्या छिट्टै हट्ने बताउनुभएकाे छ। शनिबार राजधानीकाे चावहिलमा रोयल ए–वान इन्भेष्टमेन्ट प्रालिद्धारा सञ्चालित रोयल ए–वान फास्टफुड ग्रुपको बार्षिक साधारण सभा एवम् अधिवेशनलाई सम्बाेधन गर्दै उहाँले मेलम्ची खानेपानी आयोजनाले पाइप विस्तारकाे कार्यमा ढिलासुस्ती हुदाँ काठमाडौंका सडकमा खाल्डाखुल्डी र धुलाम्य भएको बताउनुभएकाे हाे। 

उहाँले सडकमा ट्राफिक लाईटका उचित व्यवस्थापन हुन नसक्दा समेत दैनिक रूपमा यात्रुले जामकाे समस्या बेहाेर्नु परेकाे धारणा राख्नुभयाे । उहाँले भन्नुभयाे – 'नागरिककाे दैनिक जीपनयापनमा परेका यस्ता समस्याहरु कसरी समाधान गर्ने भन्नेबारे मन्त्रालयमा छलफल भइरहेकाे छ ।'

राजधानीमा मात्रै नभई देशका अन्य स्थानमा समेत गुणस्तरीय सडक निर्माण हुन नसकेको बताउदै उहाँले दिर्घकालिन रूपमा नै याेजनाबद्ध रूपमा अगाडि बढ्ने बताउनुभयाे ।

भौतिक पूर्वाधारका काममा तीव्रता दिने,सार्वजनिक यातायातलाई सहज बनाउने काममा ध्यान दिने र विकास निर्माणमा हुने ढिलाइका कारण खोजी त्यसको समाधान गर्ने बताएका छन् ।

देशमा युवाहरू वेराेजगार र खाडि मुलुकमा जाेखिमयुक्त काममा जान बाध्य भइरहेकाे बेला रोयल ए–वान फास्टफुड ग्रुपले स्वदेशमा नै राेजगारी दिएर अार्थिक विकासमा टेवा पुगेकाे बताउनुभयाे । उहाँले स्वदेशमा नै राेजगारीकाे वातावरण बन्दा युवा विदेश पलायन हुनबाट राेकिने धारणा राख्नुभयाे । मन्त्री वलायरले भन्नुभयाे – 'अाफ्नाे मन्त्रालय यस अन्तगत नपरेपनि सरकारकाे जिम्मेवार निकायमा अाफु रहेकाले सम्बन्धित मन्त्रालयमा राज्यबाट व्यवसायीले पाउनुपर्ने सेवा सुविधाकाे वारेमा स्पष्ट नीति ल्याउन सकरात्मक पहल गर्छु।'

काङ्ग्रेस नेता समेत रहेका वलाएरले मुलुकाे अार्थिक विकासमा नीजि क्षेत्रले महत्त्वपूर्ण भुमिका खेलेकाे धारणा राख्नुभयाे ।


कार्यक्रममा रोयल ए–वान फास्टफुड ग्रुपले मन्त्री बलाएरलाई सम्मान गर्नुका साथै सफल कार्यकालकाे शुभकामना दिएकाे छ । त्यसैगरी फास्टफुट ग्रुपमा अावद्ध विभिन्न व्यक्ति तथा संस्था र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरेकाे छ । 

कार्यक्रममा अन्य वक्ताहरूले दुर्गम जिल्ला रामेछापबाट काठमाण्डौं अाएर बसेका व्यक्तिहरूकाे लगानीबाट स्थापना भएकाे व्यवसायले राेजगारकाे अवसर सिर्जना हुनुकाे साथै मुलुककाे अार्थिक विकासमा टेवा पुग्न मद्दत पुगेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना