साउन २५, काठमाडौं । नेपाली प्राध्यापक डा राजीवकुमार झा चीनको सान्सी प्रान्तमा रहेको चिनियाँ अर्धसरकारी संस्थाको उच्च पदमा नियुक्त भएका छन् ।

झा अन्तर्राष्ट्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २५, काठमाडौं । नेपाली प्राध्यापक डा राजीवकुमार झा चीनको सान्सी प्रान्तमा रहेको चिनियाँ अर्धसरकारी संस्थाको उच्च पदमा नियुक्त भएका छन् ।

झा अन्तर्राष्ट्र"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली प्राध्यापक झा चिनियाँ अर्धसरकारी संस्थाको उच्च पदमा नियुक्त

२०७४, २५ श्रावण बुधबार ०८:०४


साउन २५, काठमाडौं । नेपाली प्राध्यापक डा राजीवकुमार झा चीनको सान्सी प्रान्तमा रहेको चिनियाँ अर्धसरकारी संस्थाको उच्च पदमा नियुक्त भएका छन् ।

झा अन्तर्राष्ट्रिय स्तरको बुद्धिजीवीहरुको संस्था (थिंक ट्याङ्क) को अन्तर्राष्ट्रिय विभागको संयोजकमा नियुक्त भएका छन् ।

चिनियाँ र अन्तर्राष्ट्रियस्तरका बुद्धिजीवीहरुको संलग्नतामा चीन सरकारद्वारा स्थापित संस्था ‘सान्सी इनोभेटिभ ट्यालेन्ट डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट’ को अन्तर्राष्ट्रिय संयोजक तथा अनुसन्धातामा तीन वर्षका लागि प्राडा झा नियुक्त भएका हुन् ।

उक्त संस्थाले चीनको विकास र अनुसन्धानमा सहयोग गर्ने, चीनको महत्वाकांक्षी आयोजना ‘वानबेल्ट वान रोड’ को सफलताका लागि यस आयोजनासँग आबद्ध विश्वका देशहरुसँग समन्वय गरी ती देशको विकास प्रयासमा सहायता प्रदान गर्ने, चीनको आर्थिक, सामाजिक, कानुनीलगायतका विभिन्न क्षेत्रका लागि आवश्यक नीति निर्माण गर्ने र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध विकास र विस्तार गर्ने काम गर्दछ ।

उक्त संस्थामा चीन सरकारका उच्च पदस्थ वर्तमान तथा निवृत्त अधिकारी, नीतिनिर्माता, प्राध्यापक, बुद्धिजीवी, चिनियाँ तथा विदेशी विकासविद्, कानुनविद्लगायत संलग्न छन् ।

साथै, सो संस्थाले हरेक वर्ष विभिन्न क्षेत्रका १०० जना प्रतिभाशाली व्यक्ति ‘सय प्रतिभा’ (हन्ड्रेड ट्यालेन्ट) पनि छनौट गर्ने गर्छ । प्राडा झा सन् २०१४ मा सो प्रान्तको एक सय प्रतिभामा छानिएका थिए ।

विगत २० वर्षदेखि चीनमा रहनुभएका प्राडा झा हाल सान्सी प्रान्तको राजधानी सहर सियानमा अवस्थित सियान मेडिकल युनिभर्सिटीमा प्राध्यापन र अनुसन्धानरत छन् ।

उनले चीनको सियान जियानतोङ विश्वविद्यालयबाट प्याङ्क्रियाटिजमा लाग्ने क्यान्सरका कोषहरुको वृद्धिदर कम गर्ने विषयमा विद्यावारिधी गरेका हुन् । उनले सन् २०१३ मा सोही विश्वविद्यालयबाट सोही विषयमा महाविद्यावारिधी (पोष्ट डक) गरेका छन्।

उनको नाममा चीन सरकारले सन् २०१५ मा युनिभर्सिटी अफ सियानमा ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजिवकुमार झा’ पनि स्थापना गरेको छ ।

त्यस संस्थामार्फत उनले मेडिकल क्षेत्रमा अनुसन्धान गरिरहेका छन् । उनले महाविद्यावारिधिमा प्याङ्क्रियाजमा लाग्ने क्यान्सरका कोषहरुको वृद्धिको गतिलाई कसरी र कुन उपचार विधिबाट कम गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरेका थिए ।

उनले हाल यस विषयमा सियान मेडिकल युनिभर्सिटी बाहेकका अरु तीनवटा विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रुपमा प्राध्यापन गरिरहेका छन् ।

विसं २०३६ मा धनुषाको प्रवाहा गाउँमा जन्मिएका डा झा २० बर्षअघि एमबिबीएस अध्ययन गर्न चीन गएका थिए । विद्यावारिधि सकेपछि उनी चीनमा नै प्राध्यापनरत छन् ।

उक्त पदमा नियुक्तिपछि प्रा.डा.झाले भने ‘मलाई लाग्छ चीनमा बसेर आफ्नो पेसा र व्यवसाय गरिरहेका नेपालीमा यति उच्च पदमा सम्भवतः पहिलो नेपालीका रुपमा आफूले नियुक्ति पाएको खबरले निकै खुसी तुल्याएको छ ।’

चीनले नेपालसँगको सम्बन्धमा पछिल्लो समयमा निकै महत्व दिएको रुपमा आफूले बुझेको र सोही परिणामस्वरुप आफूले चीनको यो अन्तर्राष्ट्रियस्तरको थिंक ट्याङ्क संस्थामा महत्वपूर्ण जिम्मेवारी पाएको भन्दै उनले यसबाट नेपाल–चीन सम्बन्धको विकास र सम्बद्र्धनमा ठूलो सघाउ पुग्ने धारणा पनि राखे ।

चीनले ओबीओअारलाई महत्व दिएको र यस संस्थामार्फत पनि ओबोरमा संलग्न राष्ट्रहरुको विकासमा सहयोग गर्ने भएकोले नेपालको कृषि, पूर्वाधार निर्माण, पर्यटनजस्ता क्षेत्रमा चिनियाँ लगानी भित्र्याउन र अरु विविध क्षेत्रमा अनुसन्धानका लागि पनि सहयोग पुग्ने धारणा उहाँको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना