२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरजातिय विवाहको तिन महिनामै दलित युवतीले आत्महत्या गरिन

२०७४, २५ श्रावण बुधबार १२:१९

प्रेम सुनार/साउन २५, गुल्मी । दाङ्ग जिल्ला घर भई वाग्लुङ्ग बजारमा मजदुरी गर्दै आएका देवराज क्षेत्रीले बागलुङकै पैयुँपाटाकी २१ वर्षिया विष्णु सार्कीसंगं प्रेम सम्वन्ध राखी केहि दिनअघि मात्र वैवाहिक सम्वन्ध स्थापित गरेका थिए । 

विवाहको केहि दिनसम्म त सम्वन्ध सुमधुर रह्यो, त्यस पछि भने पारिवारिक तनाव र अपस खट्पट सुरु भयो । हिजो साझतिर पनि श्रीमान श्रीमतिविच  खट्पट भएको बताईएको छ ।

अहिले  केहिवेर अघि जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गमा शव पोष्मार्टमका लागि ल्याईएकी उनै दलित युवतीको मृत्यु घटनाकावारे घटना स्थलबाटै फर्किएका प्रहरीसंग जिज्ञासा राख्दा अहिले भर्खरै केहि भन्न नसकीने प्रतिकृया दिए । 

बागलुङ नगरपालिका १४ नारायणस्थानको ठुलाखोरमा  आफ्नो लोग्नेसँगै डेरामा बस्दै आएकी विष्णुले साउन २४ गते डेरा कोठामै घाँटीमा पासो लगाइ आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । उनले आत्मा हत्या नै गरेको भए पनि कारक अन्तर जातिय विवाह नै भएको स्थानियको बुझाई छ । प्रहरीका अनुसार उनिहरु विच वैवाहिक सम्वन्ध राखेर त्यस कोठामासंगै बस्दै आएको त्यस्तै तिन महिना जति भएको छ ।

 नेपाली समाजका अन्य स्थानमा पनि दलित महिलाका लागि अन्तरजातिय प्रेम र विवाह सम्वन्ध कुनै न कुनै दिन गलाको पासो हुँदै आई रहेका बेला वाग्लुङ्गकी विष्णु सार्कीलाई पनि विवाहको तिन महिना नपुग्दै गलामा पासो बन्न पुगेको प्रारिम्भक अनुसन्धानले देखाएको बताईन्छ ।

स्मरण रहोस त्यसै वाग्लुङ्ग सक्न्याराका एक मगर समुदायका युवाले पारी गुल्मी पौदीअमराईकी  दलित महिलासंग प्रेम सम्वन्ध राखेको र ति दलित महिलाले विवाह गरौं नत्र प्रहरीमा उजुरी दिन्छु भनेपछि जातियताकै कारण स्वीकार्न नसकी हत्या गरी बढिघाट खोलामा फालेको घटना अझै एक महिना पुगेको छैन् ।  

वाग्लुङ्गका वरिष्ठ पत्रकार विदुर खड्का पनि उनको आत्मा हत्यालाई अन्तरजातिय विवाह सम्वन्ध नै कारक भएको बताउँ छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना