साउन २६, काठमाडौ । अन्तर्राष्ट्रिय युवा दिवस २०१७ को अवसर पारेर राजधानीमा वृहत् युवा शान्ति सम्मेलन गर्ने भएको छ । 

राष्ट्रिय युवा महासंघ नेपालको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २६, काठमाडौ । अन्तर्राष्ट्रिय युवा दिवस २०१७ को अवसर पारेर राजधानीमा वृहत् युवा शान्ति सम्मेलन गर्ने भएको छ । 

राष्ट्रिय युवा महासंघ नेपालको"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा शान्ति सम्मेलनको तयारी पूरा

२६ श्रावण २०७४, बिहीबार १०:२३


साउन २६, काठमाडौ । अन्तर्राष्ट्रिय युवा दिवस २०१७ को अवसर पारेर राजधानीमा वृहत् युवा शान्ति सम्मेलन गर्ने भएको छ । 

राष्ट्रिय युवा महासंघ नेपालको आयोजना तथा विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा  शान्ति र समृद्धि निर्माणका लागि युवा भन्ने अन्तर्राष्ट्रिय नाराका साथ राजधानीको बौद्धमा हुने शान्ती सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाए ।

२७ गते शुक्रबार विहान ९ बजेदेखी सुरु हुने उक्त सम्मेलनमा दिगो शान्तिका लागि मानव अधिकारको भुमिका , शान्ति स्थापनामा शैक्षिक युवाको सहभागिता, महिला हिंसा न्यूनीकरणमा चुनौती र सम्भावना, युवा अब राष्ट्रिय समृद्धितर्फ, शान्ति प्रक्रियामा राज्यको योगदान र आगामी कार्यदिशा, दिगो विकास र युवा लगाएत एजेन्डामा वहस हुने सम्मेलन संयोजक भिम लामा जानकारी दिएका छन ।

नेपाली युवाहरुविच सकारात्मक सोचको पैदा गराउन युवा नेतृत्व, क्षमता अभिवृद्धि तथा युवा भातृत्वको भावना स्थापित गराई समाज, राष्ट्रको विकास र परिवर्तनमा एउटै आवाज एउटै सहभागीताका लागि गर्न लागिएको शान्ति सम्मेलनमा विभिन्न जिल्ला, युवा संघसस्था र शैक्षिक सस्थाका विद्यार्थी गरि करीब २५० भन्दा बढीको सहभागी रहने संयोजक लामाले बताएका छन ।

सन १९९८ अगष्ट ८–१२ मा सम्पन्न युवा प्रति जवाफदेखि मन्त्रीहरुको विश्व सम्मेलनको प्रस्तावमा संयुक्त राष्ट्र संघको अनुमोदन गरेपछि हरेक वर्ष अगष्ट–१२ लाई अन्र्तराष्ट्रिय युवा दिवसको रुपमा मनाईदै आईएको छ । 

युवाहरुको साँस्कृतिक तथा कानुनी समस्याहरु प्रति ध्यान आकर्षित गरी त्यस्ता समस्याहरुको समाधान गर्नु यस दिवसको प्रमुख उद्देश्य हो । पहिलो अन्र्तराष्ट्रिय दिवस सन् २००० अगष्ट १२ मा मनाईएको थियो । सरकार तथा अन्य संघ–संस्थाहरुलाई युवाहरुको विषयमा ध्यान आकर्षित गराउने मौकाको रुपमा यस दिवसलाई लिईन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते