साउन २६, काठमाडौ । अन्तर्राष्ट्रिय युवा दिवस २०१७ को अवसर पारेर राजधानीमा वृहत् युवा शान्ति सम्मेलन गर्ने भएको छ । 

राष्ट्रिय युवा महासंघ नेपालको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २६, काठमाडौ । अन्तर्राष्ट्रिय युवा दिवस २०१७ को अवसर पारेर राजधानीमा वृहत् युवा शान्ति सम्मेलन गर्ने भएको छ । 

राष्ट्रिय युवा महासंघ नेपालको"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा शान्ति सम्मेलनको तयारी पूरा

२०७४, २६ श्रावण बिहीबार १०:२३


साउन २६, काठमाडौ । अन्तर्राष्ट्रिय युवा दिवस २०१७ को अवसर पारेर राजधानीमा वृहत् युवा शान्ति सम्मेलन गर्ने भएको छ । 

राष्ट्रिय युवा महासंघ नेपालको आयोजना तथा विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा  शान्ति र समृद्धि निर्माणका लागि युवा भन्ने अन्तर्राष्ट्रिय नाराका साथ राजधानीको बौद्धमा हुने शान्ती सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाए ।

२७ गते शुक्रबार विहान ९ बजेदेखी सुरु हुने उक्त सम्मेलनमा दिगो शान्तिका लागि मानव अधिकारको भुमिका , शान्ति स्थापनामा शैक्षिक युवाको सहभागिता, महिला हिंसा न्यूनीकरणमा चुनौती र सम्भावना, युवा अब राष्ट्रिय समृद्धितर्फ, शान्ति प्रक्रियामा राज्यको योगदान र आगामी कार्यदिशा, दिगो विकास र युवा लगाएत एजेन्डामा वहस हुने सम्मेलन संयोजक भिम लामा जानकारी दिएका छन ।

नेपाली युवाहरुविच सकारात्मक सोचको पैदा गराउन युवा नेतृत्व, क्षमता अभिवृद्धि तथा युवा भातृत्वको भावना स्थापित गराई समाज, राष्ट्रको विकास र परिवर्तनमा एउटै आवाज एउटै सहभागीताका लागि गर्न लागिएको शान्ति सम्मेलनमा विभिन्न जिल्ला, युवा संघसस्था र शैक्षिक सस्थाका विद्यार्थी गरि करीब २५० भन्दा बढीको सहभागी रहने संयोजक लामाले बताएका छन ।

सन १९९८ अगष्ट ८–१२ मा सम्पन्न युवा प्रति जवाफदेखि मन्त्रीहरुको विश्व सम्मेलनको प्रस्तावमा संयुक्त राष्ट्र संघको अनुमोदन गरेपछि हरेक वर्ष अगष्ट–१२ लाई अन्र्तराष्ट्रिय युवा दिवसको रुपमा मनाईदै आईएको छ । 

युवाहरुको साँस्कृतिक तथा कानुनी समस्याहरु प्रति ध्यान आकर्षित गरी त्यस्ता समस्याहरुको समाधान गर्नु यस दिवसको प्रमुख उद्देश्य हो । पहिलो अन्र्तराष्ट्रिय दिवस सन् २००० अगष्ट १२ मा मनाईएको थियो । सरकार तथा अन्य संघ–संस्थाहरुलाई युवाहरुको विषयमा ध्यान आकर्षित गराउने मौकाको रुपमा यस दिवसलाई लिईन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना