२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठ तस्करीमा भारतीय गाडीको प्रयोग

२७ श्रावण २०७४, शुक्रबार ०१:४८


साउन २७, रौतहट । रौतहटमा हिजोआज काठ तस्करले भारतीय सवारीसाधनको प्रयोग गरेर काठ तस्करी गरिरहेको पाइएको छ । 

बिहीबार राति तस्करले काठ तस्करी गर्ने क्रममा एउटा भारतीय नम्बरको सवारीसाधन छाडेर भागेका छन् । भारतीय युपी ४१ एटी ३८१२ र नेपाली ना ३ च ६१५० नम्बरको प्लेट रहेको पिकअप भ्यान छाडेर भागेका हुन् । 

वन कार्यालयको वन गस्तीले बिहीबार राति गोली चलाएपछि मात्र काठ तस्करले काठ सहितको पिकअप भ्यान छाडेर भागेका थिए । जिल्लाको वृन्दावन गाउँपालिका अन्तर्गतको विश्रामपुरबाट वन गस्ती टोलीले १० राउण्ड गोली चलाएपछि काठ सहितको एक थान पिकअप भ्यान नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय रौतहटले जानकारी दिएको छ । 

वन गस्ती टोलीले वृन्दावन गाउँपालिकाअन्तर्गत विश्रामपुरबाट एउटै गाडीमा दुईवटा नम्बर प्लेट भएको पिकअप भ्यानमा रहेको ६ थान सालको गोलियासहित नियन्त्रणमा लिएको हो । 

पूर्व–पश्चिम मुख्य राजमार्गबाट वन प्रवेश गरेको गाडीलाई वन गस्ती टोलीले पछ्याउँदै जाने क्रममा काठ तस्करले काठ सहितको पिकअप भ्यान नरोकेपछि १० राउण्ड गोली चलाएर सो भ्यान नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय रौतहटका वन अधिकृत दीर्घनारायण कोइरालाले बताउनुभयो । उक्त पिकअप भ्यानबाट ६० क्युफिट बराबरको ६ थान गोलिया बरामद गरिएको र तस्कर भने फरार रहेको वन अधिकृत कोइरालाले जानकारी दिनुभएको छ । 

बिना प्रमाण पुर्जी अवैधरुपमा काठ लैजाँदै गरेकोे अवस्थामा नियन्त्रणमा लिइएको उहाँकोे भनाइ छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला वन कार्यालय, रौतहटले जनाएको छ । यसअघि पनि वन कार्यालय, रौतहटले मङ्सिरमा भारतीय नम्बर प्लेटको बिआर ०६ जिए ९६८७ नंका पिकअप भ्यान काठसहित नियन्त्रणमा लिएको थियो । 

पछिल्लो समयमा वनभित्र तस्करले पिकअप भ्यान नै लगेर काठ लैजाने गरेको छ । ट्रक, पिकअप भ्यान, ट्याक्टर, टायरगाडा, मोटरसाइकल र साइकलका माध्यमबाट तस्करले वनबाट काठ लैजाने गरेको पाइएको छ । 

जिल्ला वन कार्यालय, रौतहटले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३÷७४ मा पिकअप भ्यान दुई, ट्याक्टर आठ, टायरगाडा तीन, मोटरसाइकल चार र साइकल २९ थान बरामद भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द रवि लामिछानेको थुनछेक बहस सुरू आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन आज पाँच संसदीय समितिको बैठक बस्दै पुसको अन्तिम दिन, काठमाडौंको तापक्रम कति ? रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु सोमबारको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस ! देशको यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत