2026-10-06 08:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोमा परी एकको मृत्यु, पाँच जना बेपत्ता

साउन २७, पाँचथर । स्थानीय फालेलुङ गाउँपालिका–२ चुक्पादिनमा आएको पहिरोमा पुरिएर एक व्यक्तिको मृत्यु भएको छ भने तीनवटा घर पुरिएको छ । 

मृत्यु हुनेमा ८० वर्षीय त्रिलोचन विक रहेका छन् । घरमाथिबाट आएको पहिरोले पुरेर उनको मृत्यु हुनुका साथै उनको घर पनि बगाएको प्रहरीले जनाएको छ ।सोही स्थानका घाँस काट्न गएका दुई व्यक्ति पनि अहिलेसम्म सम्पर्कविहीन रहेको बताइएको छ । 

सोही स्थानका कमल जबेगुको घर र खेत तथा निलु बानियाँको घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले बताउनुभयो । 

यसैगरी फालेलुङ गाउँपालिका–३ ताङ्लेपास्थित नेवा खोलामाथी आज बिहान आएको पहिरोमा परी तीनजना बेपत्ता बनाएका छन् । बेपत्ता हुनेहरुमा स्थानीयवासी विष्णु राई उनकी छोरी सुस्मिता र नातिनी रहेको स्थानीय दीपेन्द्र चौहानले बताउनुभयो । 

आफ्नै घरमाथिबाट झरेको पहिरोले विद्युत् गृह कुर्न बसेका उनीहरुलाई बगाएर बेपत्ता बनाएपछि अहिले जोरपोखरी प्रहरी चौकी र भैरवी दल गणको टोली र स्थानीयवासी मिलेर बेपत्ताहरुको खोजी भइरहेकोे भैरवी दल गण ओदिन ब्यारेकका गणपति शिवराम पन्तले जानकारी दिनुभयो । 

पहिरोले राईको घर र गोठमा रहेको एक हल गोरु पनि बगाएको जनाइएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो