लोकेन्द्र प्रशाद जोशी/साउन २७, दार्चुला । निरन्तर वर्षाको कारण महाकाली लोकमार्गको चौतलीचौर नजिक खसेको पहिराको कारण छोटो तथा लामो दुरीका यातायातका साधन ठप्प "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन २७, दार्चुला । निरन्तर वर्षाको कारण महाकाली लोकमार्गको चौतलीचौर नजिक खसेको पहिराको कारण छोटो तथा लामो दुरीका यातायातका साधन ठप्प "/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध, यात्रुको बिचल्ली

२७ श्रावण २०७४, शुक्रबार १५:४८


लोकेन्द्र प्रशाद जोशी/साउन २७, दार्चुला । निरन्तर वर्षाको कारण महाकाली लोकमार्गको चौतलीचौर नजिक खसेको पहिराको कारण छोटो तथा लामो दुरीका यातायातका साधन ठप्प भएका छन । 

मालिकार्जुन गेट नजिकै गएको पहिरोका कारण सडकमा ठूला ठूला चट्टान थुप्रिएको छ । अहिले पनि पहिरो रोकिएको छैन । साना साना ढुंगा र माटो खस्ने क्रम जारी रहेको मालिकार्जुन प्रहरी चौकीका इन्चार्ज कुवेरसिह धामीले बताउनुभयो । पूरै पहाडै खसेको छ ।


सडक खुलाउन बिहानै जेसीभी लगाइएपनि सडक खुलाउन सम्भव भएको छैन । सडक तलतिरको बस्ती समेत जोखीममा छ । स्काइभेटर ब्रेकर विना सडक खुलाउन सकिदैन । सडक तल बस्ती भएको कारण ढुंगा फाल्न समस्या भएको हो । एकसाता देखि सामान्य ढुंगा खस्ने क्रम रहेकोमा शुक्रबार बिहानैदेखी पहिरो बढेको हो ।

महाकाली लोकमार्गको प्रमुख सडक अवरुद्ध भएपछि धनगढी महेन्द्रनगर, काठमाण्डौ बाट आउने लामो दुरीका यातायातका सवारी साधन तथा छोटो दुरीमा चल्ने सवारी साधनहरुले यात्रुहरु बदलेर ओसार्न शुरु गरेका छन् । झण्डै डेड सय बढि मिटर क्षेत्रमा फैलिएको पहिरकोका कारण यात्रुहरुले पाखो भएर जोखिम मोल्नु परेको छ ।

यसैबीच पहिरोका कारण मालिकार्जुन गाउँपालिका ३ को लागि ल्याइएको खानेपानीको पाइपमा क्षति भएको छ । मूल पाइपमा क्षति भएपछि खानेपानीको समस्या भएको हो । पानी बन्द भएपछि स्थानीय सँगै प्रहरीलाई पानी खोज्नु पर्ने बाध्यता भएको मालिकार्जुन प्रहरी चौकी इन्चार्ज धामीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला