लोकेन्द्र प्रशाद जोशी/साउन २७, दार्चुला । निरन्तर वर्षाको कारण महाकाली लोकमार्गको चौतलीचौर नजिक खसेको पहिराको कारण छोटो तथा लामो दुरीका यातायातका साधन ठप्प "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन २७, दार्चुला । निरन्तर वर्षाको कारण महाकाली लोकमार्गको चौतलीचौर नजिक खसेको पहिराको कारण छोटो तथा लामो दुरीका यातायातका साधन ठप्प "/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध, यात्रुको बिचल्ली

२०७४, २७ श्रावण शुक्रबार १५:४८


लोकेन्द्र प्रशाद जोशी/साउन २७, दार्चुला । निरन्तर वर्षाको कारण महाकाली लोकमार्गको चौतलीचौर नजिक खसेको पहिराको कारण छोटो तथा लामो दुरीका यातायातका साधन ठप्प भएका छन । 

मालिकार्जुन गेट नजिकै गएको पहिरोका कारण सडकमा ठूला ठूला चट्टान थुप्रिएको छ । अहिले पनि पहिरो रोकिएको छैन । साना साना ढुंगा र माटो खस्ने क्रम जारी रहेको मालिकार्जुन प्रहरी चौकीका इन्चार्ज कुवेरसिह धामीले बताउनुभयो । पूरै पहाडै खसेको छ ।


सडक खुलाउन बिहानै जेसीभी लगाइएपनि सडक खुलाउन सम्भव भएको छैन । सडक तलतिरको बस्ती समेत जोखीममा छ । स्काइभेटर ब्रेकर विना सडक खुलाउन सकिदैन । सडक तल बस्ती भएको कारण ढुंगा फाल्न समस्या भएको हो । एकसाता देखि सामान्य ढुंगा खस्ने क्रम रहेकोमा शुक्रबार बिहानैदेखी पहिरो बढेको हो ।

महाकाली लोकमार्गको प्रमुख सडक अवरुद्ध भएपछि धनगढी महेन्द्रनगर, काठमाण्डौ बाट आउने लामो दुरीका यातायातका सवारी साधन तथा छोटो दुरीमा चल्ने सवारी साधनहरुले यात्रुहरु बदलेर ओसार्न शुरु गरेका छन् । झण्डै डेड सय बढि मिटर क्षेत्रमा फैलिएको पहिरकोका कारण यात्रुहरुले पाखो भएर जोखिम मोल्नु परेको छ ।

यसैबीच पहिरोका कारण मालिकार्जुन गाउँपालिका ३ को लागि ल्याइएको खानेपानीको पाइपमा क्षति भएको छ । मूल पाइपमा क्षति भएपछि खानेपानीको समस्या भएको हो । पानी बन्द भएपछि स्थानीय सँगै प्रहरीलाई पानी खोज्नु पर्ने बाध्यता भएको मालिकार्जुन प्रहरी चौकी इन्चार्ज धामीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस