साउन २८, सुनसरी । सुनसरीको इटहरीमा टेङ्ग्रा खोला र बुढी खोलामा बाढी आउँदा ६ जनाको ज्यान गएको छ । 

बाढीले बगाउँदा अहिलेसम्म इटहरीमा पाँच जना र तरहरामा एक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २८, सुनसरी । सुनसरीको इटहरीमा टेङ्ग्रा खोला र बुढी खोलामा बाढी आउँदा ६ जनाको ज्यान गएको छ । 

बाढीले बगाउँदा अहिलेसम्म इटहरीमा पाँच जना र तरहरामा एक"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनसरीमा बाढीका कारण ६ जनाको मृत्यु

२८ श्रावण २०७४, शनिबार ०३:५२


साउन २८, सुनसरी । सुनसरीको इटहरीमा टेङ्ग्रा खोला र बुढी खोलामा बाढी आउँदा ६ जनाको ज्यान गएको छ । 

बाढीले बगाउँदा अहिलेसम्म इटहरीमा पाँच जना र तरहरामा एकजनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालयका अनुसार ६ जनाको शव भेटिएको छ ।  बाढीले इटहरी–३ गैरी गाउँका ३० वर्षकी माला साह, उहाँकी छोरी सिठी साह, भोजपुर घोरेटार घर भइ इटहरी–४ बस्ने माला राईका तीन वर्षका छोरा रुपेस राई र ८ वर्षकी रुपसनी राईको ज्यान गएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी घरमा पानी पसे पछि इटहरी–४ आइतबारेका ४० वर्षका ईश्वर सुनुवार र इटहरी–२० तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० वर्षका ज्यान गएको प्रहरीले जनाएको छ ।  

बाढीले बस्ती बगाएपछि हताहतीको संख्या थप बढ्ने अनुमान गरिएको छ । मोरङ र सुनसरी हुँदै बग्ने बुढी खोला, इटहरीको ट्याँग्रा खोला, मोरङको गछिया खोलामा बठुलो बाढी आएका कारण धेरै व्यक्तिको हताहती भएको हुनसक्ने अनुमान गरिएको छ । 

अहिले पुर्व क्षेत्रमा आकाशको पानी परिरहेका कारण उद्धार कार्यमा कठिनाई भएको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी उद्धार कार्यमा जुटेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु