कंचनपुरमा अखिल क्रान्तिकारी जिल्ला सदस्य जाग्रीको घाटी रेटी हत्या

Posted on: 12 Aug, 2017

भाष्कर के.सी | साउन २८, कञ्चनपुर | कन्चनपुरमा अखिल क्रान्तिकारी जिल्ला सदस्य डम्बर बहादुर जाग्रीको घाटी रेटी हत्या गरिएको छ ।


शिद्धनाथ विज्ञान क्याम्पसमा  बि.एस्सी चौथो वर्ष अध्ययन गर्दै गरेका तथा सोहि क्याम्पसको होस्टेलको क्यान्टिन सञ्चालन समेत गर्दै आएका २३ बर्षीय जाग्रीको आज विहान ८:३० बजे घाटी रेटी हत्या भएको हो  । 

आज विहान क्याम्पसमा कार्यक्रम भएकोले होस्टेलका सबै विद्यार्थी उक्त कार्यक्रममा सहभागि हुन क्याम्पस तर्फ गएको बेला क्यान्टिनमा उनि लगायत खाना बनाउने कुक भारतीय नागरिक सुरेन्द्र सिह रावत र उनका दुई सहयोगी सुरज राना र एक अर्को मात्र भएको अवस्थामा उनको घाटी रेटी हत्या भएको हो । हत्या पछी कुकु र उनका दुई सहयोगीलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ भईरहेको छ । केही दिन देखि कसैसँग नबोल्ने, झोकिएर बस्ने जस्ता व्यवहार गरेका जाग्री अखिल (क्रान्तिकारी)का जिल्ला सदस्य तथा पूर्व सिद्धनाथ विज्ञान क्याम्पसका मूल एकाइ कमिटी अध्यक्ष समेत हुन् ।

उक्त घटनाको लागि नेपालगंञ्जदेखि तालिम प्राप्त कुकुर केही बेरमा नै कञ्चनपुर पुग्ने र घटनाको सत्यतथ्य पत्ता लागाई छोडने एसपी प्रकाश चन्दले बताउनु भयो ।

उता घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कडा भन्दा कडा सजाय दिनु पर्ने अन्यथा कडा भन्दा कडा आन्दोलनमा जाने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पे्रस विज्ञप्ती मा जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!