२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पैसा कमाउन विदेशिनु पर्दैन

२०७४, २८ श्रावण शनिबार १२:०९

साउन २८, काठमाडौँ । पैसा कमाउन विदेश नै जानुपर्छ ? उच्च शिक्षा हासिल गरेर जागिर नै खानुपर्छ ? वा ठूलाठूला व्याापार व्यवसायमै लाग्नुपर्छ ? भन्ने होइन ।” जानेकै सीपलाई प्रयोग गरेर राम्रो आम्दानी गर्न सिकिन्छ भन्ने उदाहरण सिकन्दरकुमार ठाकुरले प्रस्तुत गरेको छ । 

शंकरदेव क्याम्पसबाट वाणिज्य विषयमा स्नातकोत्तर तहको शोधपत्र ( थेसिस) लेख्नमा व्यस्त हुने उनी कपाल काट्ने व्यवसायबाट राम्रो आम्दानी गर्ने गरेको छ । 

“बुबाले कालोपुलस्थित हाम्रो सैलुन सञ्चालनमा ल्याएको तीन दशक बित्न लाग्यो, नौ वर्षको उमेरदेखि नै बुबासँगै आफूले पनि कैँची चलाउन सिकेँ र यो सँगै आफ्नो पढाइलाई पनि निरन्तरता दिँदै गएको छु ।” प्रशन्न मुद्रामा ठाकुरले भन्नुभयो ।

अहिले उहाँ २८ वर्षको हुनुभएको छ । रु एक लाख राशिको उद्यमशीलता पुरस्कार आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त गरेपछि उहाँ खुसीले गदगद् हुनुभएको छ । पुरस्कार पाएपछि खुसीले उहाँ भन्नुभयो– “मैले सोचेको पनि थिइनँ, यति छिट्टै पुरस्कार प्राप्त गर्छु ।” 

बुबा र छोराका साथै अन्य तीनजना पनि सैलुनमा काम गर्छन् । “चार हजारसम्म दैनिक आम्दानी हुन्छ, किन विदेश जानुप¥यो, यही केही गर्न सकिन्छ”, ठाकुरले भन्नुभयो । 

शोधपत्र बुझाएपछि यही व्यवसायलाई अझ व्यवस्थित र विस्तार गर्ने सोचाइमा उहाँ हुनुुहुन्छ । उच्च शैक्षिक योग्यता हासिल गरेर सैलुन सञ्चालनमार्फत युवामा श्रमप्रति सम्मान र उत्प्रेरणा जगाउने कार्यबापत राष्ट्रपतिले उहाँलाई सो पुरस्कारबाट सम्मान गर्नुभएको हो । 

“आँट हुनुपर्छ, आँटले नै व्यक्तित्व बनाउँछ । अपांगले के गर्न सक्दैन ? सीतानारा थारु भन्दै हुनुहुन्थ्यो । उहाँको कम्मरमुनिको शरीर चल्दैन । ह्विल चियर प्रयोग गर्नुहुन्छ तर उहाँ आफू अपांग भएर पनि सपांगलाई ज्ञान र सीप बाँड्न तल्लिन हुनुहुन्छ । 

बेलौरी नगरपालिका–६ कञ्चनपुरमा थारु समुदायका महिलालाई उद्यमशील बनाउन कल्पना सिलाइ केन्द्र सञ्चालनमा ल्याउनुभएको छ । 

“अपांग भएपछि लाागेको वचनरुपी घाउलाई मलमपट्टि लगाउन सिलाइ केन्द्र खोलेको हुँ । हाल केन्द्रमा १५ जनाले सिकाइ, कटाइ तथा बुनाइ सिकिरहेका छन्, पाँचजनालाई त रोजगारी नै दिएकी छु”, उहाँले भन्नुभयो । 

शारीरिक अपांगता भएर पनि उद्यमशील बनेर फरक फरक क्षमतालगायतका युवालाई प्रेरणा र मनोबल उच्च बढाएकाले उहाँलाई पनि राष्ट्रपति भण्डारीले रु एक लाखको राािष्ट्रय युवा प्रतिभा सम्मान प्रदान गर्नुभएको छ । 

विवाह गर्ने खर्च सेवामा लगाए 

“दोलखाबाट बाबाले नानी विवाह गर्ने बेला भएन ? अब त विवाह गर्नुपर्छ ? है । हुन्छ बाबा रु पाँच लाख तयार गर्नुहोस् र पठाइदिनुस् । बाबाले पठाउनुभएको पैसा आयो घर भाडालगायत अन्यमा खर्च गरेँ ।” 

तेत्तीस वर्षीय अविवाहिता सविता उप्रेतीले सार्वजनिक मन्तव्य राखिरहँदा राष्ट्रपति मुसुक्क हाँसेर साथ दिनुभयो । कार्यक्रममा सहभागीका ताली एक मिनेटसम्म जारी रह्यो । 

उहाँ अटिजम भएका बालबालिकाको सेवा र सीप प्रदान गर्न विशेष स्कूल तथा पुनःस्थापना केन्द्र स्थापना गरी सक्रिय हुनुुहुन्छ । विसं २०६७ मा स्थापना भएको सो केन्द्रमा ४५ बालबालिका छन् । 

“विवाह गर्ने उमेर नाघ्न लागिसक्यो तर विवाहमा भन्दा सेवामा नै मेरो ध्यान गएको छ”, उहाँले भन्नुभयो । उहाँले पनि अटिजम भएका बालबालिकाको सेवा र सीप विकास गर्न योगदान पु¥याएबापत रााष्ट्रिय युवा प्रतिभा सम्मान प्राप्त गर्नुभएको छ । 

यसैगरी चोरी शिकारी नियन्त्रणमा उल्लेखनीय योगदान पु¥याउनुभएका बर्दियाका हेमन्त आचार्य, उच्च हिमाली जिल्लामा कृषि पर्यटनमा योगदान दिएबापत मनाङका समराज गुरुङ, सगरमाथा आरोहरणमा कीर्तिमान कायम गर्नुभएका फुर्वातेञ्जिङ शेर्पा, स्वास्थ्य अनुसन्धानकर्ता वसन्तकुमार शाही, इञ्जिनियरिङ क्षेत्रमा नयाँ खोज गर्नुभएका रामु खत्री र कृषि फार्ममा योगदान पु¥याएबापत विशाल राईलाई पनि ‘युवा प्रतिभा सम्मान पुरस्कार’ प्रदान गरिएका छन् । 

यसैगरी युवा पहिचान पुरस्कार विभिन्न विधातर्फ ३० जनालाई प्रदान गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना