साउन २८, नवलपरासी । गएरातिदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड अझैसम्म सञ्चालनमा आउन सकेको छैन । 

दाउन्ने क्षेत्रमा ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, नवलपरासी । गएरातिदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड अझैसम्म सञ्चालनमा आउन सकेको छैन । 

दाउन्ने क्षेत्रमा ल"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाउन्ने सडकखण्ड अझै सञ्चालन भएन, हजारौं यात्रु अलपत्र

२८ श्रावण २०७४, शनिबार १३:०८

साउन २८, नवलपरासी । गएरातिदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड अझैसम्म सञ्चालनमा आउन सकेको छैन । 

दाउन्ने क्षेत्रमा लगातार रुपमा पहिरो खसेकाले गएराति १० बजेदेखि नै सवारी आवतजावत बन्द भएको हो । दाउन्ने सडक खण्डअन्तर्गत एस मोड क्षेत्रमा सडकका केही भाग भासिएको छ । भासिएको सडकमा ट्र्याक खोल्ने काम भइरहेको नवलपरासीका प्रजिअ उदयबहादुर राना मगरले बताउनुभयो । 

सो क्षेत्रमा करिब सात मिटर जति सडक भासिएको इलाका प्रहरी कार्यालय, बर्दघाटका प्रहरी निरीक्षक टेक रावतले जानकारी दिनुभयो । सडक भासिनुका साथै विभिन्न स्थानमा पहिरो खसिरहँदा आज साँझसम्म यातायात सञ्चालन हुने सम्भावना अनिश्चित भएको छ । 

दाउन्ने आसपासका कम्तिमा १० ठाउँमा सानासाना पहिरो खसेको र घिउखोलामा पनि पहिरो खसेको छ । अहिले डोजर र एक्साभेटरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउँदै जाने तर पहिरो खस्ने क्रम नरोकिएकाले सडक सञ्चालनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । 

हजारौं यात्रु अलपत्र 

नवलपरासीमा सडक अवरुद्ध भएसँगै हजारौँ यात्रु अलपत्र परेका छन् । दाउन्ने पूर्व र पश्चिम करिब १० किलोमिटरसम्म सवारी साधनको लाम लागेको छ । लामो समयसम्म सवारी जाम भएपछि यात्रुले सास्ती पाएका छन् । 

सीमित रकम लिएर गन्तव्यमा हिँडेका यात्रुलाई दुम्कीबास, अरुणखोला, चोरमारा, बर्दघाट, चिसापानीलगायत स्थानमा व्यापारीले चर्को मुल्यमा खाद्यवस्तु बिक्री गरिरहेका छन् । 

सो क्षेत्रमा चाउचाउको मूल्य रु १०० र स्याउको मूल्य प्रतिकिलो रु ३०० पुगेको छ । एउटा चाउचाउ उमालेर खाँदा रु १०० तिर्नु परेको भन्दै यात्रुहरुले गुनासो गरेका छन् । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु