१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी पहिरोको ताण्डब: अहिलेसम्म ५० जनाको मृत्यु

२९ श्रावण २०७४, आईतवार ०८:५४

साउन २९, काठमाडौँ | बाढी पहिरोका कारण अहिलेसम्म ५० जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार बाढी पहिरोमा अहिलेसम्म ४० जनाको ज्यान गएको पुष्टि गरेको छ । 

बाढीको कारण हालसम्म सुनसरीमा ९, रौतहटमा ६, मोरङमा ५, सिन्धुली र झापामा ४/४, सुर्खेत, सर्लाही, पाँचथर र बाँकेमा ३/३, बारा, मकवानपुर, दाङ र बर्दियामा २/२, तथा पाल्पा र धनुषामा एक/एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मकवानपुरको बकैया गाउँपालिकामा बाढीले बगाउँदा एकै घरका ६ सहित सातजना सम्पर्कबिहीन भएका छन् । बकैया गाउँपालिका १० मन्थलीमा शेरु खोलामा आएको बाढीले मंगल सिंह न्याचुरको घर बगाउँदा एकै परिवारका ६ जनासहित ११ जना हराइरहेका छन् ।

यस्तै बर्दियाका ९० प्रतिशत भन्दा बढी भूभाग डुबानमा परेका छन् । पानीको सतह बढिरहेकाले बाँकी क्षेत्र डुबानमा पर्ने जोखिम झनै बढेको छ । धुनषामा पनि सात सय घर डुवानमा परेका छन्  । सप्तरीमा पनि सैयौँ घर डुबानमा परेका छन् । सरकारले बाढी पहिरो प्रभावितलाई तत्काल उद्धार गर्न निर्देशन दिएपनि लगातारको झरीका कारण कठिनाई भएको छ । टेलिफोन, बिजुली र प्रहरीको सञ्चार सेटमा खराबी आउँदा उद्धारमा कठिनाई भइरहेको हो । तराईका धेरैजसो बस्ती डुबानमा परेका छन् भने बाँकी रहेका केही बस्ती पनि डुब्ने खतरामा रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु