१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुत्केरी बचाउन अस्पताल लाने क्रममा एकै परिवारको ६ जनाको मृत्यु

२९ श्रावण २०७४, आईतवार १०:४१

साउन २९,  (रौतहट) | परोहा गाउँपालिकाको राजपुर फरहदवामा बाढीले बाटो कटान गरेको स्थानमा आज बिहान सुत्केरी महिला बोकेको जिप दुर्घटना हुँदा एकै परिवारका छ जनाको मृत्यु भएको छ । 

प्रसूति गराउन राजपुर फरहदवा स्वास्थ्य संस्थामा लौजाने क्रममा परोहा गाउँपालिका– ३ लौकाहा निवासी चन्दन यादवको घरपरिवारका सदस्यको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

आकस्मिक अवस्थामा रहेका यादवको २८ वर्षीया श्रीमती शर्मिला यादवलाई अस्पतालमा सुरक्षित प्रसूति गराउन उनकी आमा सुमित्रादेवी, पाँचवर्षीया छोरी छोटुकुमारी, भतिजा सरोज र भाउज्यू ललितादेवीसहित चढेको भारतीय जिप नै कटान भएको बाटामा दुर्घटना भएको स्थानीयवासी शेष वकिलले जानकारी दिनुभयो । 

इलाका प्रहरी कार्यालय राजपुरफरहदवा नजिक शनिबार वर्षाको पानीले एक सय मि बम नहर कटान गरेको थियो र सोही कटानमा आज उनीहरु चढेको जिप दुर्घटना भएको जनाइएको छ । उक्त जिपका चालक फरार रहेका छन् । 

यसैबीच देवाही गोनाहीमा एक वृद्धाको मृत्यु भएको प्रहरीले बताएको छ । सो क्षेत्रमा लाल बकैया नदीले कटानी गरेपछि साविक देवाही गाविस र करुनिया गाविसका– तीन वडाका बासिन्दा बाढीको घेरामा परेका छन् । 

यसैबीच नेकपा (माओवादी केन्द्र)ले बाढी प्रभावित क्षेत्रमा आजदेखि राहत वितरण शुरु गरेको छ । केन्द्रले आज चन्द्रपुर नगरपालिकाका बालचनपुर, बलुवा, घाँगीटोल, पडरियामा राहत वितरण गरेको माओवादी केन्द्रले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु