साउन २९, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले बाढी र पहिरो प्रभावित क्षेत्रमा छुट्टाछुट्टै विपद् व्यवस्थापन टोली खटाएको छ । 

स्वास्थ्यमन्त्री गिरिराजमणि प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले बाढी र पहिरो प्रभावित क्षेत्रमा छुट्टाछुट्टै विपद् व्यवस्थापन टोली खटाएको छ । 

स्वास्थ्यमन्त्री गिरिराजमणि प"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले बाढी प्रभावित क्षेत्रमा चार स्वास्थ्य सेवा टोली खटायो

२०७४, २९ श्रावण आईतवार १३:००

साउन २९, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले बाढी र पहिरो प्रभावित क्षेत्रमा छुट्टाछुट्टै विपद् व्यवस्थापन टोली खटाएको छ । 

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले विराटनगर, जनकपुर, रौटहट र नेपालगन्जमा खटिएको टोलीलाई वरपरका जिल्ला पनि हेर्ने गरी जिम्मेवारी दिएको बताउनुभयो । डा गुणनिधि शर्मालाई विराटनगर, भीम सापकोटालाई जनकपुर, सागर घिमिरेलाई रौतहट र परशुराम श्रेष्ठलाई नेपालगन्जको लागि नेतृत्व गर्न जिम्मेवारी दिइएको हो । उहाँहरुसँग अन्य दुई जना स्वास्थ्यकर्मी पनि हुुनुहुन्छ । 

विपद्मा घाइते तथा विस्थापितको तत्काल उपचार गर्ने गराउने व्यवस्था मिलाउन मन्त्रालय प्रतिबद्ध भएको मन्त्री पोखरेलको भनाइ छ । मन्त्रालयले सम्पूर्ण स्वास्थ्यकर्मीलाई विपद् अवधिभरका लागि हुने तालीम, गोष्ठी, बिदा वा अन्य कार्यक्रम स्थगित गरी उद्धार र उपचारमा खट्न निर्देशन जारी गरेको छ । 

स्वास्थ्य सचिव डा किरण रेग्मीले बाढी र पहिरोले धेरै क्षति गरेको स्थानमा भने पुग्न अझै समस्या रहेको बताउनुभयो । उहाँले बाढीपश्चात् देखिने झाडापखाला, हैजा, आउँ, जण्डिस, टाइफाइड, हेपाटाइपटस र सर्पदशंलगायत रोगव्याधि र संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति र औषधि व्यवस्थापन गरिएको जानकारी दिनुभयो । 

सात दिन निःशुल्क स्वास्थ्य सेवा 

चिकित्सा सेवा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठले प्रभावित जिल्लाका सबै अस्पतालमा सात दिनसम्मका लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिइएको बताउनुभयो । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले संक्रमण फैलनसक्ने सम्भावनालाई ध्यान राखी पानी उमालेर र शुद्धीकरण गरेर पिउन आग्रह गर्नुभएको छ । 

मन्त्रालयले सरुवा रोग महाशाखाको हटलाइन नम्बर ०१—४१००१८७÷०१—४२६२२६८ र मोबाइल नम्बर ९८५१०९६०८९ सम्र्पक गरी सहयोग समन्वय गर्न पनि सबैलाई आग्रह गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना