साउन २९, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले बाढी र पहिरो प्रभावित क्षेत्रमा छुट्टाछुट्टै विपद् व्यवस्थापन टोली खटाएको छ । 

स्वास्थ्यमन्त्री गिरिराजमणि प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २९, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले बाढी र पहिरो प्रभावित क्षेत्रमा छुट्टाछुट्टै विपद् व्यवस्थापन टोली खटाएको छ । 

स्वास्थ्यमन्त्री गिरिराजमणि प"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले बाढी प्रभावित क्षेत्रमा चार स्वास्थ्य सेवा टोली खटायो

२९ श्रावण २०७४, आईतवार १३:००

साउन २९, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले बाढी र पहिरो प्रभावित क्षेत्रमा छुट्टाछुट्टै विपद् व्यवस्थापन टोली खटाएको छ । 

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले विराटनगर, जनकपुर, रौटहट र नेपालगन्जमा खटिएको टोलीलाई वरपरका जिल्ला पनि हेर्ने गरी जिम्मेवारी दिएको बताउनुभयो । डा गुणनिधि शर्मालाई विराटनगर, भीम सापकोटालाई जनकपुर, सागर घिमिरेलाई रौतहट र परशुराम श्रेष्ठलाई नेपालगन्जको लागि नेतृत्व गर्न जिम्मेवारी दिइएको हो । उहाँहरुसँग अन्य दुई जना स्वास्थ्यकर्मी पनि हुुनुहुन्छ । 

विपद्मा घाइते तथा विस्थापितको तत्काल उपचार गर्ने गराउने व्यवस्था मिलाउन मन्त्रालय प्रतिबद्ध भएको मन्त्री पोखरेलको भनाइ छ । मन्त्रालयले सम्पूर्ण स्वास्थ्यकर्मीलाई विपद् अवधिभरका लागि हुने तालीम, गोष्ठी, बिदा वा अन्य कार्यक्रम स्थगित गरी उद्धार र उपचारमा खट्न निर्देशन जारी गरेको छ । 

स्वास्थ्य सचिव डा किरण रेग्मीले बाढी र पहिरोले धेरै क्षति गरेको स्थानमा भने पुग्न अझै समस्या रहेको बताउनुभयो । उहाँले बाढीपश्चात् देखिने झाडापखाला, हैजा, आउँ, जण्डिस, टाइफाइड, हेपाटाइपटस र सर्पदशंलगायत रोगव्याधि र संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति र औषधि व्यवस्थापन गरिएको जानकारी दिनुभयो । 

सात दिन निःशुल्क स्वास्थ्य सेवा 

चिकित्सा सेवा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठले प्रभावित जिल्लाका सबै अस्पतालमा सात दिनसम्मका लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिइएको बताउनुभयो । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले संक्रमण फैलनसक्ने सम्भावनालाई ध्यान राखी पानी उमालेर र शुद्धीकरण गरेर पिउन आग्रह गर्नुभएको छ । 

मन्त्रालयले सरुवा रोग महाशाखाको हटलाइन नम्बर ०१—४१००१८७÷०१—४२६२२६८ र मोबाइल नम्बर ९८५१०९६०८९ सम्र्पक गरी सहयोग समन्वय गर्न पनि सबैलाई आग्रह गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु