२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालगृहमा बाढी पसेपछि ३६५ को हेलिकप्टरबाट उद्धार

२०७४, २९ श्रावण आईतवार १३:४०


साउन २९, चितवन । पश्चिम चितवनको जगतपुरमा रहेको आशा बालगृहमा राप्तीको बाढी पसेपछि त्यहाँ रहेका विद्यार्थी, शिक्षक र कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । 

बालगृहलाई बीचमा पारेर राप्तीको भङ्गालो बगेपछि त्यहाँ ३६५ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । उनीहरुलाई नजिकै रहेको गौरचनको विद्यालयमा राखिएको छ । 

बालगृह भवनको पहिलो तला पानीले भरिएपछि उनीहरु दोस्रो, तेस्रो तला र छतमा बसेका थिए । सो स्थानमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, प्रजिअ भट्टलगायत सुरक्षा निकायका प्रमुख पुगेपछि हेलिकप्टर मगाएर उद्धार गरिएको हो । यसअघि २०५९ सालमा बाढी आउँदासमेत सो बालगृह डुबानमा परेको थियो । 

यस्तै चितवन राष्ट्रिय निकुञ्जका १५ वटा सुरक्षा पोस्टमा बाढी पसेपछि त्यहाँ रहेका सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार भीमपुर, कछुवानी, जर्नेली, सुकिभार, ध्रुव, घडगाई र बाघमारालगायतका पोस्ट बाढीले डुबानमा परेका छन् । निकुञ्जमा ५७ वटा पोस्ट रहेका छन् । 

निकुञ्ज हुँदै बग्ने खोलाको पानी राप्ती नदीको पानीले ठेलिएपछि पोस्टहरु डुबानमा परेका हुन् । त्यसैगरी निकुञ्जका वन्यजन्तु समेत बाढीले बगाएको अर्यालले बताउनुभयो । यद्यपि बाढीले बगाएको जनावरको एकिन तथ्यांक भने आउन सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना