साउन ३०, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गए रातिदेखि पुनः अवरुद्ध भएको छ । 

दाउन्ने सडकखण्डको बीच भागमा मालवाहक ट्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गए रातिदेखि पुनः अवरुद्ध भएको छ । 

दाउन्ने सडकखण्डको बीच भागमा मालवाहक ट्"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक पुनः अवरुद्ध

३० श्रावण २०७४, सोमबार ०२:४२

साउन ३०, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गए रातिदेखि पुनः अवरुद्ध भएको छ । 

दाउन्ने सडकखण्डको बीच भागमा मालवाहक ट्रक फसेका कारण सवारी आवागमन ठप्प भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनुभयो । 

गए रातिबाट अवरुद्ध सडक बिहानबाट ट्रक पन्छाउने काम भइरहेको छ । हिलाम्य सडक भएका कारण समस्या भएको छ । प्रजिअ मगरले भन्नुभयो, “यद्यपि ट्रक पन्छाएर अवरुद्ध सडक सञ्चालन गर्ने तयारी छौँ ।” 

शुक्रबार रातिदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड आइतबार दिउँसो १ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आए पनि गए राति ९ बजेबाट सडकमा ट्रक फसेका कारण पुनः अवरुद्ध बनेको हो । 

दाउन्ने क्षेत्रमा शुक्रबार रातिदेखि लगाताररूपमा पहिरो खसेको र शनिबार दाउन्ने सडकखण्डअन्तर्गत एस मोड क्षेत्रमा सडकका केही भाग भासिएपछि लगातार तिन दिन सम्म सडक अवरुद्ध बनेको थियो । 

भासिएको सडकमा तत्कालका लागि मर्मत सम्भार गरिएको छ । अझै पनि सामान्य वर्षा भइरहेका कारण दाउन्ने क्षेत्रमा पहिरो जाने खतरा कायमै भएकाले वर्षा रोकियो र पहिरो नखसे बल्ल सहज रुपमा सडक सञ्चालन हुने अवस्था देखिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु