साउन ३०, गोरखा । गोरखाको गाँखुका तीन र लक्ष्मीबजारका दुई जनामा स्वाइनफ्लु रोग लागेको पुष्टि भएको छ । 

एक साताअघि धेरै जनामा रुघाखोकीको समस्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३०, गोरखा । गोरखाको गाँखुका तीन र लक्ष्मीबजारका दुई जनामा स्वाइनफ्लु रोग लागेको पुष्टि भएको छ । 

एक साताअघि धेरै जनामा रुघाखोकीको समस्या"/>

2026-09-08 02:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखाका पाँच जनामा स्वाइनफ्लु पुष्टि


साउन ३०, गोरखा । गोरखाको गाँखुका तीन र लक्ष्मीबजारका दुई जनामा स्वाइनफ्लु रोग लागेको पुष्टि भएको छ । 

एक साताअघि धेरै जनामा रुघाखोकीको समस्या देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले बिरामीका नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षणका लागि पठाएको थियो । 

परीक्षणमा स्वाइनफ्लुका जीवाणु भेटिएपछि बिरामीलाई स्वाइनफ्लु लागेको पुष्टि भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीका अनुसार एक सयजनाको हाराहारीमा रुघाखोकीलगायत समस्या लामो समयसम्म देखिएपछि परीक्षण गर्दा स्वाइनफ्लुको भाइरस एचवानएवान देखिएको हो । 

को–को बिरामी परेका हुन् भन्नेबारे जनस्वास्थ्य कार्यालयले खुलाएको छैन । बिरामी पाँचै जना राजधानीका अस्पतालमा उपचार गराएर घर फर्किसकेका छन् । प्रायः सुँगुर, बंगुरबाट मान्छेमा स्वाइनफ्लु सर्ने गर्छ । तर मान्छेबाट मान्छेमा स्वाइनफ्लु सरेको भन्दै जनस्वास्थ्य कार्यालयले सिजनल फ्लु भएकाले डराउनु नपर्ने तर सचेत हुनुपर्ने बताएको छ । 

स्वाइनफ्लुबाट विदेशमा जस्तो खतरा नेपालमा नरहेको बताउँदै दानीले सिजनल फ्लुबाट गाँखुमा सयजना भन्दा बढी बिरामी रहेको जानकारी दिनुभयो । उनीहरूको उपचारका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । 

बिरामीमा रुघाखोकी लाग्ने, घाँटी खुख्ने, ज्वरो आउने, पखला लाग्नेजस्ता लक्षणहरू देखापरेका छन् । गाँखुमा एक साताअघि घरपालुवा पक्षी (परेवा, कुखुरा) पनि मरेको थियो । गोरखामा स्वाइनफ्लुका बिरामी देखिएको यो पहिलो पटक हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल