साउन ३०, इनरुवा । वर्षासँगै आएको बाढीका कारण सुनसरीमा सोमबार थप दुई जनाको मृत्यु भएको छ । 

शनिबार बिहान र शुक्रबार राति सात जनाको डुबेर र बगाएर मृत्यु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, इनरुवा । वर्षासँगै आएको बाढीका कारण सुनसरीमा सोमबार थप दुई जनाको मृत्यु भएको छ । 

शनिबार बिहान र शुक्रबार राति सात जनाको डुबेर र बगाएर मृत्यु"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीका कारण सुनसरीमा थप दुईको मृत्यु

३० श्रावण २०७४, सोमबार ०६:३५

साउन ३०, इनरुवा । वर्षासँगै आएको बाढीका कारण सुनसरीमा सोमबार थप दुई जनाको मृत्यु भएको छ । 

शनिबार बिहान र शुक्रबार राति सात जनाको डुबेर र बगाएर मृत्यु भएको थियो भने सोमबार बिहान थप दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भोक्रहा गाउँपालिकाका ढोढिया मण्डल र साझोदेवी ऋषिदेव रहेको सुनसरी प्रहरीले जनाएको छ । 

दुई जनाको मृत्यु भएको मात्र जानकारी आएको र पहिचान नखुलेको प्रहरीको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा गरी सात हजार बढी स्थानीय विस्थापित भएका छन् । 

बाढीबाट झोक्राहा गाउँपालिका–५ नरसिंह टपरा पूर्ण डुबानमा परेको छ । हरिनगरा गाउँपालिका–१, २ रामनगरभुटाहा–३ र ४ गौतमपुर र हरिनगरा क्षेत्रमा समेत सयौं घर डुबानमा परेका छन् । 

उता हरिनगरा–५ वसन्तपुरमा समेत गाउँभरि तीनदेखि सात फिटसम्म पानी जमेकाले दुई दिनदेखि स्थानीयवासी भोकभोकै बसेको नेकपा (माओवादी केन्द्र)का नेता मोहन यादवले जानकारी दिनुभयो । 

वसन्तपुर र नरसिंह सीमा क्षेत्रमा ६०० घर पूर्ण डुबानमा परेको छ । धेरै स्थानीयवासी उद्धारको प्रतीक्षामा छन् । बाढीमा फसेका र जोखिमा परेकाकालाई सचेत भएर सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । 

त्यसैगरी कोशी गाउँपालिका–१, २, ३ र ५ नम्बर वडासमेत पूर्ण डुबानमा परेका छन् । यता सुनसरीका देवानगञ्ज, गढी र बर्जु गाउँपालिकको समेत धेरै वडा पूर्ण डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । 

यहाँका तीन हजार पाँच सय स्थानीयवासी डुबानमा परेका छन् । स्थानीयवासी अर्जुन मेहताका अनुसार कप्तानगञ्ज, साहेवगञ्ज क्षेत्र पूर्णरुपमा डुबानमा परेका छन् । विद्युत् सेवा तीन दिनदेखि अवरुद्ध रहेको छ । 

अविरल वर्षा र खोलानालामा आएको बाढीका कारण पूर्व–पश्चिम राजमार्ग अधिकांश स्थानमा जलमग्न भई यातायात अवरुद्ध भएको छ । नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना पूर्णरुपमा डुबानमा परेको छ । 

बाढीका कारण सदरमुकाम इनरुवामा रहेका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला पशुसेवा कार्यालयलगायतका सरकारी कार्यालय डुबानमा परेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु