साउन ३०, इनरुवा । वर्षासँगै आएको बाढीका कारण सुनसरीमा सोमबार थप दुई जनाको मृत्यु भएको छ । 

शनिबार बिहान र शुक्रबार राति सात जनाको डुबेर र बगाएर मृत्यु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, इनरुवा । वर्षासँगै आएको बाढीका कारण सुनसरीमा सोमबार थप दुई जनाको मृत्यु भएको छ । 

शनिबार बिहान र शुक्रबार राति सात जनाको डुबेर र बगाएर मृत्यु"/>

2026-09-19 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीका कारण सुनसरीमा थप दुईको मृत्यु

साउन ३०, इनरुवा । वर्षासँगै आएको बाढीका कारण सुनसरीमा सोमबार थप दुई जनाको मृत्यु भएको छ । 

शनिबार बिहान र शुक्रबार राति सात जनाको डुबेर र बगाएर मृत्यु भएको थियो भने सोमबार बिहान थप दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भोक्रहा गाउँपालिकाका ढोढिया मण्डल र साझोदेवी ऋषिदेव रहेको सुनसरी प्रहरीले जनाएको छ । 

दुई जनाको मृत्यु भएको मात्र जानकारी आएको र पहिचान नखुलेको प्रहरीको भनाइ छ । जिल्लाका विभिन्न स्थानमा गरी सात हजार बढी स्थानीय विस्थापित भएका छन् । 

बाढीबाट झोक्राहा गाउँपालिका–५ नरसिंह टपरा पूर्ण डुबानमा परेको छ । हरिनगरा गाउँपालिका–१, २ रामनगरभुटाहा–३ र ४ गौतमपुर र हरिनगरा क्षेत्रमा समेत सयौं घर डुबानमा परेका छन् । 

उता हरिनगरा–५ वसन्तपुरमा समेत गाउँभरि तीनदेखि सात फिटसम्म पानी जमेकाले दुई दिनदेखि स्थानीयवासी भोकभोकै बसेको नेकपा (माओवादी केन्द्र)का नेता मोहन यादवले जानकारी दिनुभयो । 

वसन्तपुर र नरसिंह सीमा क्षेत्रमा ६०० घर पूर्ण डुबानमा परेको छ । धेरै स्थानीयवासी उद्धारको प्रतीक्षामा छन् । बाढीमा फसेका र जोखिमा परेकाकालाई सचेत भएर सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । 

त्यसैगरी कोशी गाउँपालिका–१, २, ३ र ५ नम्बर वडासमेत पूर्ण डुबानमा परेका छन् । यता सुनसरीका देवानगञ्ज, गढी र बर्जु गाउँपालिकको समेत धेरै वडा पूर्ण डुबानमा परेको स्थानीयवासीले जनाएका छन् । 

यहाँका तीन हजार पाँच सय स्थानीयवासी डुबानमा परेका छन् । स्थानीयवासी अर्जुन मेहताका अनुसार कप्तानगञ्ज, साहेवगञ्ज क्षेत्र पूर्णरुपमा डुबानमा परेका छन् । विद्युत् सेवा तीन दिनदेखि अवरुद्ध रहेको छ । 

अविरल वर्षा र खोलानालामा आएको बाढीका कारण पूर्व–पश्चिम राजमार्ग अधिकांश स्थानमा जलमग्न भई यातायात अवरुद्ध भएको छ । नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना पूर्णरुपमा डुबानमा परेको छ । 

बाढीका कारण सदरमुकाम इनरुवामा रहेका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला पशुसेवा कार्यालयलगायतका सरकारी कार्यालय डुबानमा परेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई