साउन ३०, काठमाडौँ । विगत पाँच दिनदेखि सक्रिय मनसुन आजबाट कमजोर भएसँगै मौसममा क्रमिक सुधार आएको छ । 

मनसुन कमजोर भएकाले कम बदली र वर्षात् भएको मौसम पूर्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३०, काठमाडौँ । विगत पाँच दिनदेखि सक्रिय मनसुन आजबाट कमजोर भएसँगै मौसममा क्रमिक सुधार आएको छ । 

मनसुन कमजोर भएकाले कम बदली र वर्षात् भएको मौसम पूर्व"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मौसममा क्रमिक सुधार आयो

२०७४, ३० श्रावण सोमबार ०६:५७


साउन ३०, काठमाडौँ । विगत पाँच दिनदेखि सक्रिय मनसुन आजबाट कमजोर भएसँगै मौसममा क्रमिक सुधार आएको छ । 

मनसुन कमजोर भएकाले कम बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकको पूर्वी भागको एक/दुई स्थान तथा पश्चिमका धेरै स्थानमा वर्षात् हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । 

मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले तीनदिन देशभर भारी वर्षात् गराएको थियो । उक्त प्रणाली गएरातिदेखि नै कमजोर बन्दै गएको छ । यद्यपि, आज पनि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षात् हुनेछ । 

अहिले देशको पूर्वी भेगमा सामान्य बदली छ भने पश्चिममा बदलीसँगै वर्षात् भइरहेको छ । काठमाडौँमा अपराह्नतिर हल्का वर्षात् हुने जनाइएको छ । आइतबार पनि मनसुनी वर्षाको गतिविधि सक्रिय रहेकाले केही स्थानमा भारी वर्षात् भएको महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी भैरहवामा २२२ मिलिमिटर वर्षात् भएको छ भने सबैभन्दा कम काठमाडौँमा तीन मिलिमिटर वर्षात् भएको छ । 

धनकुटामा पाँच, ताप्लेजुङमा सात, सिमरामा ३०, पोखरामा नौ, दाङ र जुम्लामा १०/१०, नेपालगञ्जमा १४, वीरेन्द्रनगरमा ३९ र धनगढीमा १६ मिलिमिटर वर्षात् भएको छ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २६ र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना