२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिवाह भएको ६ महिनामै कोरियामा ६ बर्ष कमाएको पैसा र ३८ तोला सुनसहित श्रीमती फरार भएपछी…

२०७४, ३० श्रावण सोमबार १२:११


साउन ३०, चितवन । बारा जिल्ला फेटा–८ की पुनम कुमारी गुप्ता राप्ती नगरपालिका ८ खुरखुरे चितवनका राज कुमार शाहसँग बिबाह भएको ६ महिना पछि बेपत्ता भएकी छन । 

बेपत्ता श्रीमतीको खोजीमा खुरखुरेका उनका श्रीमान ३३ आफ्नो श्रीमतीको खोजीमा हिडेको बन्दै सोमबार भरतपुरमा  भौतारी रहेका थिए । आफ्नो जीवनका ३३ वर्षमध्ये उनले ६ वर्ष त कोरियामा काम गरेरै बिताए, तर कमाई भने अहिले हातमा छैन । 

जो कोहीलाई लाग्न सक्छ, नेपालीले ठगे ? होइन । उसोभए दलाल वा लुटेराको फन्दामा परे ? त्यो पनि होइन । हुण्डीवालाले झुक्याए होलान् ? त्यस्तो पनि भएको होइन । तर उनि आफु लुटिएकोमा उजुर(वाजुर गर्दै छन् । 

आफु ठगिएको हो वा कुनै अकल्पनीय दुर्घटनाको शिकार भएको हो भनेर अझैसम्म खुट्याउन सकेका छैनन् । त्यसैले सबैसँग सत्यतथ्यको खोजि गरिदिन हार गुहार गर्दैछन् । कुनै सुराक फेला परिहाल्छ कि भनेर यताउता भौतारिदै रहेछन् भरतपुरमा ।

बास्तबिक्ता यस्तो छ  

साउन २० गते शुक्रबार, उनि काममा व्यस्त थिए यताबाट श्रीमतीले फोन गरिना( ‘दाँत दुखेर मर्न लागें, अस्पताल जानु पर्यो ।’ छ महिना अघि गएको माघ २४ गते दुलही घर भित्राएर तीन महिना मात्र सँगै बिताएका उनले सहज जवाफ फर्काए( ‘हुन्छ, भाईलाई साथ लिएर जाउँ ।’ 


तर उनि एक्लै चितवनको सेन्ट्रल अस्पताल पुगिन् जहाँ उनले पहिले देखि नै जचाउँदै आएकी थिइन् । राजकुमारका साथि नै त्यहाँ कार्यरत डाक्टर थिए तर त्यो दिन उनि रहेनछन् । आफ्नो नियमित डाक्टर नभेटेपछि उनले फेरी कोरियामा रहेका श्रीमान् लाई सो कुराको रिपोर्ट गरिन् । उनले उपाय सुझाए, ‘त्यसोभए चितवन मेडिकल कलेज जाऊ ।’ बस् यो नै उनीहरु बिचको अन्तिम सम्बाद थियो त्यसपछि उनको मोवाइल ‘स्विच अफ’ छ । 

उनकी श्रीमती अर्थात् पुनम कुमारी गुप्ता (शाह) कहाँ छिन, कुन हालतमा छिन् कसैलाई थाहा छैन । शाहले ६ महिना पहिले बारा जिल्ला फेटा–८ का सुरेन्द्र प्रसाद गुप्ताकी छोरी पुनम कुामारी गुप्ता सँग बिहे गरेका हुन ।  

श्रीमती हराएको थाहा पाउने बित्तिकै राजकुमार कोरियामा नै बेहोस भए । नहुन् पनि किन, साउन २५ गते जन्मदिन परेकी पुनमका लागी उनले भनेजस्तै हीरा जडित सुनको औठी र उनैले अनलाइन भिडियो मार्फत रोजेको ब्याग र अन्य लुगा, कपडा अघिल्लो दिन मात्र जन्मदिनको उपहारको रुपमा किनेर दशैमा आउँदा ल्याउने गरि सुटकेशमा राखेका थिए । 

आफुले जति दुख गर्नुपरे पनि उनले पुनमलाई गहनाले छोपेका थिए । उनका कुनै रहर अपुरो राखेका थिएनन् । यसो भनौं राजकुमारी झैँ सजाएका थिए । सुखको महल खडा गरिदिएका थिए । 

दशैमा घर आऊने टिकट काटीसकेका उनको सो टिकट रद्ध गरेर साथीहरुले भोलिपल्ट कै हवाई टिकट मिलाइदिएपछि उनि २२ गते काठमाडौँ झरे र २३ गते चितवन आएर यतिबेला श्रीमतीको खोजीमा व्यस्त छन् । 

तर, हालसम्म उनको अत्तोपत्तो छैन । न त कहाँ र कस्तो हालतमा होलिन् भन्ने कुनै अनुमान नै लगाउन सक्ने अवस्था छ । राजकुमारलाई सबैभन्दा हैरान पार्ने कुरा के हो भने श्रीमती मात्र हराइनन् साथमा उनले बिदेशी भूमिमा पसिना बगाएर कमाएको ३८ तोला सुन, ३ लाख नगद र मायाँ गरेर श्रीमतीलाई किनिदिएका महँगा बस्त्र, आभूषण समेत हराए । 

उनले स्थानीय खैरहनी प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय चितवन र नगरपालिका कार्यालयमा समेत हराएकी श्रीमतीको खोजि गरिदिन अनुरोध गर्दै निवेदन हालेका छन् । बारा जिल्ला फेटा–८का सुरेन्द्र प्रसाद गुप्ताकी छोरी पुनम कुमारी गूप्ताको अबस्था अजै अज्ञात रहेको छ ।

   प्रहरीले हालसम्म गरेको अनुसन्धानबाट पुनमले प्रयोग गर्ने फोन नम्बर ९८२४२५२४४० मा निरन्तर सम्पर्कमा रहेका फोन नम्बरहरु ९८२११४४७३६, ९८०९२२९२२९ र ९८०४२०६२५१ देखिएको राजकुमार बताउँछन् । 

उनका अनुसार यी नम्बरहरु कुनै आफन्त वा पुनमका माइत वा घरपट्टिका कुनै परिचितको होइन । यसबाट उनलाई कुनै अपराधीले जालमा पारेर गहना र नगद हत्याई कुनै अप्रिय घटना त घटाएन भन्ने प्रश्न समेत उब्जिएको उनि बताउँछन् । 

त्यसैले उनले आफ्नी श्रीमतीको तस्बिर फेसबुकमा राखेर उनलाई भेट्टाईदिनेलाई १ लाख नगद उपहार स्वरूप दिने घोषणा पनि गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा