२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्यकर्मीका मीठो बोली र हँसिलो व्यवहारले बिरामीको आधा रोग निको हुन्छ: राष्ट्रपति

२०७४, ३० श्रावण सोमबार १३:३१


विष्णु नेपाल/साउन ३०, काठमाडौँ । “मैले कोशी अञ्चल अस्पतालमा दुई सन्तानलाई जन्म दिएको थिएँ, मलाई अहिले पनि ती दिनका सम्झना आइरहन्छ, आँखा अगाडि ती दिन सजीव छन् । 

तीता मीठा अनुभव छन् ती दिनका । डा कस्तुरी मल्लले मलाई पहिलो सन्तान जन्माउन चिकित्सकीय सहयोग गर्नुभएको थियो ।” प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले भावुक हुँदै आफ्ना विगतका स्मरणलाई सुनाउनुभयो । 

प्रसूति तथा नवजात शिशु उपचार गर्ने र ती उपचारका लागि अन्यत्र ‘रिफर’ नगर्ने एक मात्र अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ५८ औँ वार्षिकोत्सवका अवसरमा अस्पतालको आँगनमा आयोजित कार्यक्रमलाई राष्ट्रपति भण्डारी आज सम्बोधन गर्दै हुनुहुन्थ्यो । 

“म राष्ट्रपतिको पदबाट भन्दा आफ्नो जीवनको भोगाइलाई यहाँ व्यक्त गरिरहेको छु, तपाईं चिकित्सक, स्वास्थ्यकर्मीका मीठो बोली र हँसिलो व्यवहारले मात्र पनि सेवा लिन स्वास्थ्य संस्थामा आउने बिरामीको आधा रोग निको हुन्छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो । 

उहाँले अगाडि भन्नुभयो, “मैले सुनेको छु, प्रहरीको मुस्कानसहितको सेवाले प्रहरीप्रति आम जनताको धारणामा परिवर्तन आएको छ, अब चिकित्सक एवं स्वास्थ्यकर्मीले पनि प्रेमपूर्वक मुस्कानसहितको सेवा आवश्यक हुन्छ कि ।” 

राष्ट्रपति भण्डारीले आफूले सो अस्पतालमा पटक पटक सेवा लिन आएको स्मरण गर्दै त्यहाँको प्रसूति, स्त्रीरोग तथा नवजात शिशु सेवा राम्रो रहेको हुँदा यसलाई जिल्ला तथा स्थानीय तहसम्म विस्तारका लागि ध्यान दिन आग्रह गर्नुभयो । उहाँले मातृ शिशु र प्रजनन स्वास्थ्य राष्ट्रको स्वास्थ्यसँग पनि गाँसिएको हुँदा यस क्षेत्रमा लगानी वृद्धि गर्न तथा महिलाको समग्र स्वास्थ्य स्थितिमा सुधार ल्याउन पोषण, खानपान र विवाहमा ध्यान दिनुपर्छ भन्नुभयो ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले अस्पताललाई आवश्यक आर्थिकलगायत सबै सहयोग पु¥याउन मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिनुभयो । 

अस्पतालका निर्देशक प्रा डा अमिरबाबु श्रेष्ठले अस्पतालले आफ्नै औषधालय सञ्चालनमा ल्याएको, प्रसूति नर्सिङ तहमा प्रवीणता तहको अध्यापन शुरु हुन लागेको र महिलाको पाठेघरको अर्बुद रोग पत्ता लगाउने एलबिसी सेवा शुरु भएको जानकारी दिनुभयो । अस्पताल विकास समितिका अध्यक्ष डा लता वज्राचार्यले अस्पतालका सेवालाई अझ चुस्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

विसं २०१६ कृष्णाष्टमीका दिन ४० श्ययाबाट शुरु भएको सो अस्पताल ४१५ श्यया सञ्चालनमा ल्याए पनि विसं २०७२ को भूकम्पले भवनलाई क्षति पु¥याएपछि हाल ३५० श्ययामा खुम्चिन बाध्य भएको छ । 

जापान सरकारले भत्किएको भवन निर्माणमा सहयोग पु¥याउने प्रतिबद्धता जनाइसकेको छ । गत वर्ष अस्पतालमा भर्ना भएका कूल २५ हजार ४६३ मध्ये १८ हजार ९२७ ले अस्पतालमा शिशु जन्माएका थिए । 

बच्चा जन्माएकामध्ये पाँच हजार १८७ को शल्यक्रिया भएको थियो । हाल अस्पतालमा दैनिक ५२ जनाले शिशु जन्माउने र त्यसमा १४ जनाको शल्यक्रिया हुने गर्छ । अर्कातर्फ अस्पतालमा पूर्ण स्तनपान नीति छ । गत आवदेखि नवजात शिशु निःशुल्क उपचारसमेत शुरु भएको छ । 

यसैगरी अतिविपन्न तथा अर्थ अभाव भएकाहरुलाई निःशुल्क सेवासमेत प्रदान गरिरहेको छ । गत आवमा ५०८ महिलाले सो सेवा लिएका थिए । सो अवसरमा अस्पतालमा सेवा गरेका चिकित्सक, स्वास्थ्यकर्मी दीर्घ सेवापदक तथा नवजात शिशु तथा शिशुलाई पुरस्कृत गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना