१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेटिएको पाँच लाख सम्बन्धित व्यक्तिलाई फिर्ता

३१ श्रावण २०७४, मंगलवार १२:५२

साउन ३१, काठमाडौँ । के तपाईँले कहिल्यै लाखौँ रुपैँया हराउनुभएको छ ? यदि हराएको भए के गर्नुहुन्छ ? पक्कै पनि तपाईँमा त्यो रकम पाइएला भनेर कमै आशा हुनेछ । 

तर ललितपुरको भैँसेपाटी बस्ने सुजन लामाले हराएको रु पाँचलाख केही घण्टामा फेला पारेपछि खुशीले गद्गद् हुनुभयो । लामाले नयाँ सडकको रन्जना ट्रेडर्समा रहेको साथी प्रवीन लामाको पसलबाट पैसा लिएर टेकुतर्फ जाँदै गर्दा मोटरसाइकलमा राखेको रकम हरायो । लामा बाटोमा पुगेर पैसा हेर्दा नभेटेपछि तत्काल रन्जना टेडर्सको साथीलाई फोन गर्नुभयो । रन्जना टेडर्सको साथीले तत्काल महानगरीय प्रहरी वृत्त जनसेवा नयाँ सडकलाई खबर गरे । 

सोही समयमा बाटोमा हिँड्दै गरेको अवस्थामा काठमाडौँ महानगरपालिका–२१ जैसीदेवलमा रहेको ह्युमट महिला समूह (मिसाःपूच)ले रु चार लाख फेला पा¥यो । फेला पारेको रकम लिएर महिला समूह जनसेवा आइपुग्यो । 

जनसेवामा आइपुगेको महिला टोलीले जनसेवाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यलाई भेटेर पैसा पाएको खबर गरेपछि लामालाई जनसेवा बोलाएर सिसिटिभी र फुटेजका आधारमा अनुसन्धान गरेर पैसा लामाकै भएको ठहर गरेपछि फिर्ता गरियो । 

वृत्तका प्रमुख आचार्य पाउने व्यक्ति र हराउने व्यक्ति दुवैको फोन आएकाले तत्काल सम्बन्धित व्यक्तिलाई पैसा फिर्ता गर्न सकिएको बताउनुहुन्छ । 

यस्तै हराएको रकममध्ये रु एक लाख महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले फेला पारेको छ । पैसा लिएर हिँड्दै गर्दा छिरलिएको पैसा काममा खटिएका ट्राफिक जवानले फेला पारेका थिए । 

जवानले फेला पारेको रकम महाशाखाको माध्यमबाट लामालाई हस्तान्तरण गरिएको महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु