साउन ३२, पर्सा । केहि दिन अघि रौतहटमा जमेको पानीमा डुवेर ४ बालबालिकाहरुको मृत्यु भएको खबर सेलाउन नपाउँदै पर्साको ठोरीमा फेरी एक बालिकाको जमेको पानीमा डुवेर मृत्यु भएको छ ।
पर्सा जिल्लाको सुवर्णपुर गाँउपालिका–२ हनुमाननगरमा सडकमा जमेको पानीमा डुबेर ८ वर्षीया बालिका कृपा बस्नेतको मृत्यू भएको छ । उनी ठोरी एकेडेमीमा कक्षा २ मा अध्यनरत थिइन् ।
हनुमाननगरमा निर्माण भइरहेको बाटोको खाल्टोमा जमेको पानीमा डुबेर उनको ज्यान गएको हो । राहत बोकेर आएको हेलिकप्टर हेर्न जाने क्रममा ति बालिका पानीमा डुबेकी हुन् ।